आज बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक भोलिलाई सारियो

६ मंसिर, काठमाडौं।

Advertisement

नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ।  बैठक मंगलबार विहान ११ बजेका लागि सारिएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि सोमबार दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको थियो । नेताहरुको कार्यव्यस्तताका कारण बैठक सारिएको जनाइएको छ।

Advertisement

बैठकमा राष्ट्रिय महाधिवेशनको तयारी तथा ५ प्रतिशत सदस्य मनोनयनको मापदण्डबारे छलफल हुने सचिव तामाङले बताए। यही मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा एमालेको १० औं राष्ट्रिय महाधिवेशन हुँदैछ । महाधिवेशनमा २ हजार बढी प्रतिनिधिहरू सहभागी हुँदैछन् ।

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top