बदल भन्छन् – एमाले पुनः सत्तामा पुग्न ओली नै नेतृत्वमा चाहिन्छ

६ मंसिर, काठमाडौँ ।
नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले आफूहरुले पार्टीको दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रिय कमिटी निर्माण गर्न चाहेको बताएका छन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका संयोजक समेत रहेका नेता बादलले आगामी निर्वाचनमा आफ्नै पार्टी नेतृत्वमा सरकार बनाउने गरी सो महाधिवेशनबाट ओली नेतृत्वमा सक्षम केन्द्रिय कमिटी निर्माण गरेर अघि बढने बताएका हुन् ।

पार्टी निकट नेपाल बुद्धिजीवि परिषद्ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले परमादेशबाट बनेको सरकार र सत्तारुढ गठबन्धनलाई विस्थापित गरेर एमाले पुनः राजकीय सत्तामा पुग्न पनि ओलीजस्ता समक्ष नेतृत्व पार्टीका लागि आवश्यक रहेको तर्क समेत गरे ।

नेता बादलले भने, ‘यो दशौं राष्ट्रिय महाधिवेशनको एउटा ऐतिहासिक महत्व यो कुरामा छ कि यो ऐतिहासिक महाधिवेशनले हामीले एउटा सबल र सक्षम नेतृत्वलाई स्थापित गर्ने, त्यसलाई निर्माण गर्ने, र विधान महाधिवेशनले जुन सही विचार, सही नीति जो प्रतिपादन गरेको छ, त्यसलाई अनुमोदन गर्ने र यसलाई सही सक्षम नेतृत्व निर्माण गरेर यसलाई कार्यान्वयन गर्ने र यसलाई आगामी निर्वाचनको माध्यामबाट फेरी नेकपा एमालेलाई चाँही राजकीय सत्तामा पुन स्थापित गर्ने र हामीले भनि राखेका छौं–हामी परमादेशबाट निर्माण भएको चाँही यो दक्षिणपन्थी जो सत्ता र सरकार छ, त्यसलाई हामी जनादेशबाट विस्थापित गर्छौं भन्ने पार्टीले नीति लिएको छ । हामीले मंसीर १० गते चितवनमा के सन्देश दिन चाहन्छौ भने हामी पुनः जनादेशबाट राजकीय सत्तामा नेकपा एमाले पुनस्थापित हुनेछ । र नेकपा एमालेको नेतृत्वमा मात्रै नेपालको समृद्धि सम्भव छ । नेपाली जनताको सुःखचाँही सम्भव छ । त्यसैले यो सन्देश हामी १० गते चितवनमा हामी पाँच लाख जनता केन्द्रिकरण गरेर हामी यो सन्देश दिन चाहन्छौं । हामी चितवनबाट कमरेड केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रिय समितिको निर्माण गरेर हामी एउटा सक्षम नेतृत्व निर्माण गर्न चाहन्छौं । र यो देशको जिम्मेवारी त्यो नेतृत्वलाई हामी दिन चाहन्छौं । १० औं राष्ट्रिय महाधिवेशनबाट हामी यो सन्देश दिन चाहन्छौं ।’

एमाले सरकारमा पुगे मात्रै मुलुक समृद्ध हुने
नेता बादलले एमालेको नेतृत्वमा मात्रै मुलुक समृद्ध हुने र नेपाली जनताले सुःख पाउने दावी समेत गरे । उनले स्रोत नखुलेको सम्पत्तिबाट दलाल पूँजीपतिहरुको संरक्षण गर्न लागि परेको सत्तारुढ गठबन्धनबाट मुलुकको समृद्धि सम्भव नभएको पनि बताए । कार्यक्रममा बोल्दै एमालेका नेता शंकर पोखरेलले नेपालको समृद्धिको योजना बनाएर अघि बढने ओली मात्रै प्रधानमन्त्री भएको बताए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top