खेलकुद विश्वविद्यालय स्थापना गर्न एमाले खेलकुद महासंघको माग

६ मंसिर ७८, मंगलबार

६ मंसिर, काठमाडाैँ ।

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको छ । काठमाडौंमा दुई दिने खेल नीति सम्मेलन गर्दै महासंघले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्नुपर्ने निस्कर्ष निकालेको हो ।

सम्मेलनमा महासंघका अध्यक्ष रमेश पौडेलले खेलको माध्यमबाट नेपाली खेलाडीहरुलाई गर्व गर्न सक्ने स्थिती सिर्जना गर्ने बताएका छन् । पेट खालि राखेर खेलाडीहरुले खेल्न नसक्ने भन्दै उनले सम्मेलनले कुन खेलको विकास कसरी गर्ने, खेललाई कसरी औद्योगीकरण गर्ने, व्यवसायीकरण गर्ने र खेललाई कसरी पर्यटनको क्षेत्रसँग जोड्ने भन्ने कुरामा जोड दिएको बताए ।

अध्यक्ष पौडेलले खेलकुद विश्वविद्यालय तत्काल स्थापना गर्ने कुरा सम्मेलनमा छलफल भएको बताए । अध्यक्ष पौडेलले भने, ‘नेपालका खेलाडीहरुलाई गर्व गर्न सक्ने स्थिती बनाउँछौँ, नेपाललाई खेलकुदको माध्यमद्वारा माथि उठाउन चाहन्छौँ, त्यसका लागि यो खेल नीति सम्मेलन, यो ऐनको बारेमा मात्रै छलफल गरिरहेका छैनौँ, सरकारले ऐन जारी गरेको छ, एक वर्ष पुगेको छ, ४ वर्षपछि फेरि पुनरावलकोन गरौँला, हामी सम्पूर्ण खेल खेल नीतिको कुरा गरिरहेका छौँ । कुन खेलमा कसरी विकास गर्न सकिन्छ, र खेललाई औद्योगिकरण कसरी गर्ने भन्ने बारेमा, व्यवसायीकरण कसरी गर्न सकिन्छ भनेर खेलकुदको माध्यमबाट नेपालको जिडिपीमा कसरी अध्ययन गर्न सकिन्छ भनेर हामी केन्द्रिकृत छौँ । खेलकुद विश्वविद्यालय तत्काल स्थापन गर्न पहल गरिरहेका छौँ ।’

अध्यक्ष पौडेलले नेपालको खेलकुदको स्तर बृद्धिमा धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top