झापाका डीएसपी नवराज कार्की कात्तिक महिनाका उत्कृष्ट प्रहरी

६ मंसिर ७८, मंगलबार

६ मंसिर, बिराटनगर ।
इलाका प्रहरी कार्यालय दमक झापामा कार्यरत प्रहरी नायव उपरीक्षक नवराज कार्की कार्तिक प्रदेश १ को कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । विभागिय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको बन्दै कार्कीलाई कात्तिक महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

Advertisement

बेपत्ता भएका झापा, गौरादह ५ वस्ने वर्ष ४६ को मबेसिर हुसेन मियाँलाई शौचालयको सेफ्टी ट्यांङ्की भित्र कम्बलमा पोको पारी फालिएको अवस्थामा भेटिएका मृतकका हतियारलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन सफल भएको भन्दै कार्कीको प्रशंसा गरिएको छ । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय क स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिदै आईएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top