×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दुई दिनपछि अदालतको समस्या समाधान गर्ने प्रचण्डको प्रतिवद्धता

८ मंसिर २०७८

८ मंसिर, काठमाडाैँ ।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् । बुधबार सुदूरपश्चिम प्रदेशको कैलाली पुग्नुभएका अध्यक्ष दाहलले सञ्चारकर्मीहरुको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न तयार रहेको बताएका हुन् ।

Advertisement
Advertisement

उनले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलहरुको नै गम्भीर ध्यानाकर्षण भएको भन्दै दुई दिनको अवस्था हेरेर समस्या समाधान गर्ने बताए । अध्यक्ष दाहालले अदालतमा ठूलै समस्या हुन्छ भन्ने कतिपयले कल्पना गरेको भएपनि कुनै ठूलो समस्या सिर्जना हुन्छ भन्नेमा गठबन्धन नरहेको बताए। अध्यक्ष दाहालले भने, ‘न्याय भनेको सामान्यतया एउटा स्वतन्त्र र गरिमामय संस्था हो । मानिसहरुले अन्तिममा गएर न्याय खोज्ने भनेको न्यायलय, अदालतमा गएर नै हो, तर अदालत भित्र अहिले जे समस्या देखिएको छ, त्यो पक्कै पनि राम्रो कुरा होइन । त्यसकारण हामीले गठबन्धनको तर्फबाट पाँच वटै पार्टीको यसमा गम्भीर ध्यानाकर्षण भएको छ, यसको छिटो भन्दा छिटो समाधान हुनुपर्छ भन्ने हामी ठान्दछौँ । यो विषय सकेसम्म अदालतले आफैँ सल्ट्याउन सक्दा राम्रो हुन्छ भन्ने कुरासम्म हामीले बोलेका छौँ । आज भोलिको अवस्था हेरेर फेरि गठबन्धनको बैठक बसेर जरुरी परेमा एक स्टेप अगाडि बढेर समस्या समाधानको लागि के सहयोग गर्न सकिन्छ त्यतातिर सोचाइ बन्छ, मलाई के विश्वास छ भने केही दिनमा यसले एउटा निकास पाउँछ, यसबाट ठूलै समस्या हुन्छ कि भन्ने कतिपयले कल्पना गरेका छन्, त्यस्तो हुन्छ भन्ने गठबन्धनलाई लागेको छैन । यो समाधान हुन्छ र अहिले गठबन्धन जसरी सकारात्मक ढंगले अगाडि बढेको छ त्यो निरन्तर ढंगले जान्छ भन्ने कुरा नै हो ।’

समन्वय समिति सरकारभन्दा माथि होइन
अध्यक्ष दाहालले ५ दलीय समन्वय समिति बनाउँदा कतिपयले सरकार भन्दामाथि भएको टिप्पणी गरिरहेको भन्दै समन्वय समिति पार्टीहरुबीचको सम्बन्ध सुदृढ बनाउनका लागि मात्र भएको बताए ।

उपचुनाव र प्रदेशसभा चुनावसम्म गठबन्धन मिलेर जान्छः प्रचण्ड
उनले गठबन्धनलाई अब आउने चुनावसम्म लैजाने दाबी गर्दै अब राष्ट्रियसभामा खालि १९ सिटको चुनाव मिलेर लड्ने पनि बताए । अध्यक्ष दाहालले प्रतिनिधिसभाको उपचुनाव र प्रदेशसभाको उपचुनाव भयो भने पनि मिलेर प्रतिष्पर्धा गर्ने बताए ।

अध्यक्ष दाहालले भने, ‘अर्को गठबन्धनको तपाईहरुलाई थाहा नै छ, ढिलो भए पनि ५ दलिय समन्वय समिति भनेर एउटा उच्चस्तरमा एउटा संयन्त्र बनाएका छौँ, त्यो पार्टीहरुको बीचको संयन्त्र हो । त्यो सरकारलाई निर्देशन गर्ने वा सरकार भन्दा माथि भनेर कतिपयले भन्छन्, त्यो सरकार भन्दा माथि होइन, दुनियाँमा जहाँ पनि संयुक्त सरकार हुँदा ती संयुक्त सरकारमा संलग्न पार्टीहरुले एउटा न एउटा संयन्त्र बनाउने नै गर्छन् त्यो पार्टीहरुको बीचको त्यो पार्टीहरुबीचको सम्बन्ध सुदृढ गर्नको लागि हुन्छ, त्यसलाई कमजोर पार्न होइन, सरकार आफ्नो ढंगले चल्छ भने पार्टीहरुले आपसी समझदारी, सहमति, अन्तरक्रिया र आउने इस्यूहरुमा समान धारणा बनाउनको लागि यस्तो धारणा बनाउने गर्दछन्, हिन्दुस्तानमा हे¥यो भने त्यही छ । गठबन्धनलाई अब आउने चुनावसँग लैजाने बाटो अब क्लियर भयो । एउटा कुरा त अब हामीले तत्काल आउने राष्ट्रियसभामा १९ सिट खालि हुँदैछ, त्यसमा हामी मिलेर चुनाव लड्ने भनेका छौँ । त्यो हामीले नीतिगत, व्यवहारिक पनि निर्णय नै गरिसकेका छौँ । त्यस्तै प्रतिनिधिसभाको उपचुनाव हुने भयो भने वा प्रदेशसभाको भयो भने त्यसमा पनि मिलेर जाने निर्णय गरेका छौँ ।’

Advertisement

हरेक नियुक्तिहरु पार्टी इन्चार्जहरुसँग छलफल गरेर मात्रै गर्ने
देशमा तत्काल राजनीतिक अस्थिरता नहुने बताउँदै अध्यक्ष दाहालले विकास, शिक्षा, स्वास्थ्य, राजनीतिक नियुक्तिदेखि राजदूत नियुक्ति गर्नेसम्मका निर्णयहरु सुदूरपश्चिमका मुख्यमन्त्री र पार्टी इन्चार्जहरुसँग छलफल गरेर मात्र अघि बढाउने बताए । उनले सुदूरपश्चिम सरकार नढल्ने बताए । अध्यक्ष दाहालले राष्ट्रिय सहमतिमा एमसीसी पास गरिने बताए । उनले संघीय, प्रादेशिक र स्थानीय निर्वाचन एकै पटक गर्दा राष्ट्रको अर्बौं सम्पत्ति बच्ने भएकोले एकैपटक निर्वाचन गराउने बारेमा छलफल भइरहेको पनि दोहो¥याए ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top