८ मंसिर, काठमाडौँ ।
कुनैपनि एक विभागिय मन्त्रीले सामान्य चासो सम्म राखिदिदा पीडित ब्यक्ति कति ठूलो समस्याबाट सहजै बाहिर निस्कन सक्छ भन्ने उदाहरण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले देखाइदिएका छन् । विभागिय मन्त्रीले चासो देखाउँदा बैदेशिक रोजगारीमा जान लागेका युवाहरु एजेण्टहरुको ठगीबाट जोगिएका छन् ।
भाषा परीक्षा उत्र्तीर्ण गरी कोरिया जाने क्रममा रहेका युवाहरुलाई एजेण्टले अबैध ढंगले रकम असुल्न खोजेको सुचना पाएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ तत्काल पहल कदमी लिँदा युवाहरु ठगिनबाट जोगिएका हुन् । बैदेशिक रोजगारीमा जान चाहनेहरुले एजेण्टबाट भोग्नुपरेका समस्याका बारेमा संञ्चारमाध्यममा समाचार आउने गरे पनि त्यसबारे यस अघिका मन्त्रीहरु स्वयम्ले चासो देखाउने गरेका थिएनन् । तर मन्त्री श्रेष्ठ भने कोरिया पठाउदै आएका एजेन्टले बन्धक जसरी राखेका युवालाई भेट्न आफै होटल पुगेका थिए ।
मंगलबार रातीको यो घट्ना भने यस्तो थियो । मन्त्रीको मोबाईलमा एउटा सुचना आउँछ् ।उनी त्यही सुचनाका आधारमा सुरक्षाकर्मी, श्रम विभागका अधिकारी सहित युवाहरु राखिएको होटल बाल्टिक इन सिनामंगल पुग्छन् । त्याहा बुधवार साँझ कोरिया उड्न लागेका दजनौँ युवाहरुलाई अनिवार्य सातदिन क्वारेन्टीन बस्नुपर्ने भन्दै संयुक्त संघर्ष समितिको नामबाट एक युवाको सिफारिसमा एयरपोर्टस्थित होटल बाल्टिक इनमा जर्बजस्त राखिएको उनले फेला पार्दछन् । सो क्रममा पीडित युवाहरुले आफुहरुलाई एजेण्टले विभिन्न बहानामा पैसा असुल्न खोजेको गुनासो मन्त्रीसंग गरेका छन् ।
पीडितहरुको गुनासो सुनेपछि मन्त्री श्रेष्ठले होटलमा बन्धक बनाउने काममा संलग्नलाई कारवाही गर्न तत्काल निर्देशन दिएका थिए । सो क्रममा मन्त्री श्रेष्ठले भने – ‘म पैसा कमाउन मन्त्री भएको मान्छे होइन, केही गर्न मन्त्री भएको मान्छे । जो जो सँग सात दिनको पैसा लिनुभएको छ, सबको फिर्ता गर्नुस् । अब तपाईँलाई मर्का प¥यो होला, कसले एग्रिमेन्ट ग¥यो ऊ सँग माग्नुस् । यो भाइबैनीहरुसँग माग्ने होइन ।’
वैदेशिक रोजगारीमा जाने युवाहरुले भोग्नुपरेको समस्याबारे थप छानविन हुने र भविश्यमा यस्ता दुख भोग्न नपर्ने वातावरण निर्माण गर्ने आवश्वासन उनले दिएका छन् । उनले उनीहरु उड्ने बेलामा आफू एयरपोर्ट आउँने भन्दै त्यहाँ एकजना भाईले पनि कम्प्लेन ग¥यो भने सिधै थुन्ने चेतावनी दिए ।
पीडित युवा शंकर नेपालले होटल सञ्चालकले जर्बजस्ती बढी पैसा असुलेपछि मन्त्रीसम्म सुचना पु¥याएको उल्लेख गर्दै सामान्य नागरिकले दिएको सानो सुचनाको आधारमा मन्त्री आफै आएर समस्या सल्ट्याइदिएकोमा खुशी व्यक्त गरे ।
उनले सरकारी संयन्त्रमा भएका सबैले मन्त्री श्रेष्ठले जसरी कर्तव्य निर्वाह गरे नागरिकले दुःख, कष्ट भोग्नु नपर्ने बताए । भाषा परीक्षा पास गरेका युवाहरु बुधवार साँझ कोरिया प्रस्थान गर्दैछन् ।