नेपाली उत्पादन ७८ देशमा निर्यात

७ मंसिर ७८, बुधबार

८ मंसिर,  वीरगञ्ज ।

मुलुकको सबैभन्दा ठूलो वीरगञ्ज भन्सार हुँदै पछिल्लो चार महिनामा कूल रु ३९ अर्ब ५६ करोड बराबरको नेपाली उत्पादन निर्यात भएको छ ।

यस नाकाबाट ७८ देशमा नेपाली उत्पादन निर्यात हुने गर्दछ । वीरगञ्जस्थित भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७८-७९ को साउनदेखि कात्तिक मसान्तसम्म कूल रु ३९ अर्ब ५६ करोड ३९ लाख ५० हजार मूल्य बराबरको नेपाली उत्पादन भारत तथा तेस्रो मुलुकमा निकासी भएको हो ।

Advertisement

आव २०७७-७८ को सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा कूल २१८ प्रतिशतले बढी मूल्य बराबरको नेपाली उत्पादन यो नाका हँुदै मुलुकबाहिर निर्यात भएको देखिएको हो ।

गत आव २०७७-७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा यस नाकाबाट कूल रु १२ अर्ब ४४ करोड दुई लाख ८५ हजार बराबरका मालसमान निर्यात भएको थियो । उक्त अवधिमा कोभिड–१९ को असहज परिस्थितिका कारण नेपाली सामान निकै कम निर्यात भएको देखिएको छ ।

Advertisement

चालू आव २०७८-७९ को साउनदेखि कात्तिक मसान्तसम्मको अवधिमा वीरगञ्ज भन्सार नाका हुँदै मुलुक बाहिर निर्यात भएको सामाग्रीमा विविध प्रकारका तेलदेखि विभिन्न कपडाजन्य सामग्रीसम्म पर्दछन् ।

सो अवधिमा निर्यात भएको सामग्रीमध्ये वीरगञ्ज नाकाबाट रु १७ अर्ब २० करोड ९० लाख नौ हजार मूल्य बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको देखिन्छ । त्यसैगरी प्रशोधित पाम तेल रु १३ अर्ब ४० करोड ७८ लाख २२ हजार मूल्य बराबरको निर्यात भएको छ, भने डाबरको उत्पादन तथा अन्य फलफूलको जुस रु एक अर्ब ८४ करोड ४७ लाख ५७ हजार मूल्य बराबरको निकासी भएको देखिन्छ ।

त्यसैगरी सो अवधिमा सूर्यमुखी प्रशोधित तेल रु एक अर्ब ५८ करोड दुई लाख ६१ हजार मूल्य बराबरको भारततर्फ निकासी भएको छ भने भटमासको पिना मात्रै रु ६१ करोड ६८ लाख ९४ हजारको भारततर्फ निकासी भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

यसैगरी वीरगन्ज भन्सार नाकाबाट भारत तथा तेस्रो मुलुकतर्फ जमोठ कपडा, बत्तिसा, त्रिफला, च्यावनप्रास, सेन्थेटिक यार्न, स्पोर्ट सुज, सेन्थेटिक सुज, दन्तमञ्जन, ऊनी गलैँचा, होमियोपैथिक तथा आयुर्वेदिक औषधि, तयारी कपडालगायत सामान भारत तथा तेस्रो मुलुकमा निर्यात भएको देखिन्छ ।

मुलुकै सबैभन्दा ठूलो भन्सार नाका वीरगञ्ज भन्सार नाका हुँदै विविध नेपाली उत्पादन इन्डोनेसिया, चीन , अर्जेन्टिना, पाराग्वे, युक्रेन, ब्राजिल, मलेसिया, अस्ट्रेलिया, रूसी सङ्घ, थाइल्याण्ड , दक्षिण अफ्रिका, सिङ्गापुर, कोरिया, गणतन्त्र जापान, जर्मनी, नेदरल्याण्ड्स, संयुक्तराज्य अमेरिका, भियतनाम, इजरायल, पोल्याण्ड, साउदी अरेयिबा, श्रीलङ्का, ताइवान, चीनको प्रान्त, संयुक्त अरब इमिरेट्स, लिथुआनिया, इटाली, फ्रान्स, बेल्जियम, न्यूजिल्याण्ड, फिलिपिन्स, टर्की, युनाइटेड किङगडम, क्यानडा, स्पेन, डेनमार्क, अस्ट्रिया, बहराइन, मेक्सिको, युरोपेली सङ्घ, स्विट्जरल्याण्ड, स्लोभाकिया, पाकिस्तान, ओमान, हङ्गेरी, नर्वे, पोर्चुगल, स्वाजिल्याण्ड, इजिप्ट, मेडागास्कर, ग्रीस, बङ्गलादेश, लक्जमबर्ग, मोजाम्बिक, बुल्गेरिया, म्यानमार, आयरल्याण्ड, सर्बिया, स्वीडेन, पोर्टो रिको, हङगकङग, होन्डुरस, स्लोभेनिया, निकारागुआ, कोलम्बिया, एल साल्भाडोर, सियरा लियोन, फिनल्याण्ड, जर्जिया, बोस्निया र हेर्जेगोभिना, रोमानियालगायत देशमा निर्यात हुने गर्दछ । रासस

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top