मंसिर ९ देखि ललितपुरमा एशिया सेल्टर फोरम वार्षिक सम्मेलन हुने

८ मंसिर, काठमाडाैँ ।

सरकारले एशिया सेल्टर फोरम वार्षिक सम्मेलन २०२१ आयोजना गर्ने भएको छ । शहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको नेतृत्वमा तेस्रो एशिया सेल्टर फोरम वार्षिक सम्मेलन आयोजना हुने भएको हो ।

सम्मेलनको शीर्षक ‘आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्य’ रहेको छ । सम्मेलनमा जूम मिटिङबाट सहभागीता जनाउन सकिनेछ भने भौतिक रुपमा उपस्थित हुन चाहनेहरुले ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा जानुपर्नेछ । सम्मेलनको उद्घाटन शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गर्ने हुनुभएको छ भने आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ तथा चुनौति एवं नेपालले कार्यान्वयन गरेका कार्यहरुको बारेमा छलफल हुने बताइएको छ । सबै सत्रहरुमा विगतमा सिकाएको पाठको अभिलेखीकरण गर्नुका साथै नेपालको आवाससम्बन्धी हासिल गरेका अभ्यासलाई सुदृढीकरण गर्नका लागि भावी रणनीतिबारे छलफल गरिने गैसस महासंघ नेपाल तथा आवास पुनस्र्थापना तथा पुनर्निर्माण समन्वय मञ्च (एचआरआरपी) का राष्ट्रिय संयोजक मिनार थापामगरले जानकारी दिए । उनले सम्मेलनमा दीर्घकालीन पुनर्लाभ सम्बन्धी छलफल गरिने बताउँदै सम्मेलनले एशिया प्रशान्त क्षेत्रमा अवस्थित आवास सम्बन्धी कार्य गर्ने अध्येता एवं संघ संस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्ने बताए ।

संयोजक थापामगरले भने, ‘सबै सत्रहरुमा विगतमा सिकाएको पाठको अभिलेखीकरण गर्नुका साथै नेपालको आवाससम्बन्धी हासिल गरेका अभ्यासलाई सुदृढीकरण गर्नका लागि भावी रणनीतिबारे छलफल गरिनेछ, सम्मेलनमा दीर्घकालीन पुनर्लाभ सम्बन्धी छलफल गरिनेछ, सम्मेलनले एशिया प्रशान्त क्षेत्रमा अवस्थित आवास सम्बन्धी कार्य गर्ने अध्येता एवं संघ संस्थालाई एकै ठाउँमा ल्याएर बलियो सञ्जाल स्थापना गर्नेछ, यसले विभिन्न देशमा भइरहेका विपद्का समस्याहरु साटासाट गर्ने थलोको रुपमा लिन सकिन्छ, त्यहाँ कसरी काम भयो ? एशियामा केही विपद् आए कसरी समाधान गर्ने, तत्काल कसरी वासको समस्या हटाउने भन्ने बारेका चासो राख्ने गर्छ ।’

राष्ट्रिय संयोजक थापामगरले सम्मेलनले विभिन्न देशहरुमा हालै भएका विपद्का घटनाबाट सिकाएको पाठ, अनुभव तथा त्यसको प्रतिकार्यबारे पनि छलफल गर्ने बताए । सम्मेलन यही मंसिर ९ देखि ११ गतेसम्म सञ्चालन हुनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top