सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथा लागू हुने सहमति, भोलि फूल कोर्ट बस्ने

सर्वोच्चमा मंसिर १५ देखि गोला प्रथा लागू हुने सहमति, भोलि फूल कोर्ट बस्ने

८ मंसिर, काठमाडौं ।

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट पेसी ताेक्ने सहमति भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु न्यायाधीशहरुको बुधबार भएको छलफलले मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास तोक्ने समझदारी गरेको एक न्यायाधीशले जानकारी दिए ।

गोला प्रथाबाट इजलास तोक्ने निर्णय गर्न बिहीबार पूर्ण बैठक ( फूल कोर्ट) बोलाइएको छ । फूल कोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेक सबै न्यायाधीशरु सहभागी हुने जनाइएको छ।

यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए । प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै गत कात्तिक दोस्रो सातादेखि आन्दोलनमा रहेका न्यायाधीशहरु गोलाप्रथाबाट पेसी तोकिने भएपछि शुक्रबारदेखि नियमित सुनुवाइमा फर्केका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.