हामीलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड काँग्रेसको पछि लागे : ओली

८ मंसिर, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग होशियार रहन नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । अध्यक्ष ओलीले प्रचण्ड काँग्रेसलाई बिगार्न पछि लागेको भन्दै होसिएर रहन आग्रह गरेका हुन्। बुधबार काठमाडौंमा पार्टी निकट युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले गठन गरेको र्साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै उनले प्रचण्डले काँग्रेसलाई बिगार्न समातेको दावी समेत गरे।

उनले आफूहरुलाई बिगार्ने प्रयास असफल भएपछि प्रचण्ड काँग्रेसको पछि लागेको समेत भन्न भ्याए । अध्यक्ष ओलीले भने, ‘काँग्रेसको पछि लाग्ने प्रचण्डको पछि लागेर देश बन्छ ? बहुमतको कम्युनिष्ट पार्टी फुटाएर चोईटो लिएर कुँदने त्यस्ताहरुको पछि लागेर देश बन्छ ? प्रचण्डले सधै समस्या खडा गर्ने । हामीलाई बिगार्न खोजेका थिए । नविग्रिने देखेपछि टाप । का विग्रन्छ एमाले ? अव काँग्रेसलाई समातेछ । म काँग्रेसलाई चेतावनी दिन चाहन्छु–काँग्रेस होसियार । प्रचण्डले भ्याई दिन्छन । हामीलाई भ्याउन खोजेका थिए प्रचण्डले, सकेनन् ।’

अध्यक्ष ओलीले काँग्रेसको पुच्छर बनेको प्रचण्ड र माधव नेपालबाट देश बन्द भन्ने कल्पना नगर्न समेत पटकपटक आग्रह गरे। उनले सञ्चार क्षेत्रमा बाह्य लगानी भित्र्याएर मुलुकलाई डरलाग्दो अवस्था पु¥याउने प्रयास भईरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा लाग्न पनि साईबर सर्कललाई आग्रह गरे । उनले राष्ट्र, राष्ट्रियता, मुलुकको समृद्धि र विकासका लागि वातावरण बनाउने काममा सञ्चार माध्यामहरुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।

अध्यक्ष ओलीले भने, ‘नदेखिनेगरी बाह्य लगानी सञ्चारको क्षेत्रमा यो डरलाग्दो कुरा छ । सञ्चारको माध्यमबाट सूचना, सूचना प्रविधि, यो सबै कुरा हातमा लिने । र त्यसलाई प्रयोग गरेर गलत बाटोमा र लगानीकर्ताहरुको हितमा त्यसलाई प्रयोग गर्ने, दूरुपयोग गर्ने र राजनीतिलाई विकृत बनाउने, समाजको अग्रगमणलाई अवरोध खडा गर्ने, राष्ट्रिय एकतालाई कमजोर पार्ने, देशभित्र विभिन्न छिद्रहरु खोजेर त्यहाँ पहिलो धाँजा बनाउने अनि धाँजामा फेसा ठोकेर, फेसा ठोक्दै जाने र त्यसलाई बढाउँदै जाने र समाजलाई विभाजित गर्ने यस्ता प्रयासहरु भईरहेका छन । सञ्चार माध्याम यसका निम्ति जनचेतना फैल्याउने वा जनचेतनालाई अलमलमा पार्ने । राष्ट्रका निम्ति वातावरण निर्माण गर्ने वा राष्ट्रको हितका निम्ति, विकासका निम्ति, अग्रगमनका निम्ति वातावरण तयार गर्ने अथवा राष्ट्रहित विपरित गतिविधि संचालन गर्ने यस्तो कुराहरुका लागि यो क्षेत्र बहुतै महत्वपूर्ण भूमिका खेल्न सक्ने क्षेत्र त्यसैलाई बुझेर यहाँहरुले काम गरिरहनु भएको छ ।’

अध्यक्ष ओलीले सर्वोच्च अदालतमा भईरहेका गतिविधिको मुख्य दोषी पनि सत्तारुढ गठबन्धन भएको आरोप लगाए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top