Nepal Times
Nepal Times
3
Shares

विद्युतीय पिकअप गाडी पनि नेपालमा भित्रियो

विद्युतीय पिकअप गाडी पनि नेपालमा भित्रियो

८ मंसिर, काठमाडौँ ।
दिगो इलेक्ट्रोनिक भेहिकलले विद्युतिय गाडी ज्याक इटी एट् गाडी नेपालीबजारमा ल्याएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गरेर दिगो मोटर्सले ज्याक इटीएट् गाडी सार्वजनिक गरेको हो ।

ज्याक इटी ८ गाडीको नेपालमा ७२ लाख रुपैयाँ मूल्यमा पर्ने कम्पनीले बताएको छ । गाडी डिसी चार्जिङमा दुई घण्टा र एसी चार्जिङ साढे १६ घण्टामा फूलचार्ज हुने बताइएको छ । फूलचार्जमा गाडी ३०० किलोमिटर गुड्ने छ । पिकअफ एक सय १० किलोमिटर दिन्छ । ज्याक इटी एट् मालसामान ओसारपसारमा प्रयोग गर्न मिल्ने पिकअप गाडी हो ।

अधिकतम् ८०० किलोग्राम सम्म बोक्ने यो गाडी २५ डिग्रीको उकालोमा चढ्न सक्ने बताइएको छ । चाइनिज कम्पनी ज्याकमोटर्सले उत्पादन गरेको यो गाडी नेपालमा दिगो इलेक्ट्रोनिक बिक्रि गर्नेछ । ११० किलोवाट बिद्युत संचय गर्ने यस गाडीमा लिथियम् आयोन फस्फेट ब्याट्रि प्रयोग भएको छ । गाडीले ११० किलोवाट बिद्युतले ३३० एन्एम् टर्क क्षमता उत्पादन गर्दछ । ५ जनासम्म बस्न मिल्ने क्याबिन भएको यो गाडीमा सुरक्षाका अत्याधुनिक सुविधा र फिचर उपलब्ध रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.