थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

९ मंसिर, काठमाडौं ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २९८ रहेको छ भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७ हजार ३४९ रहेको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार 709 पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ भने ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top