महिलालाई राजनीतिक रुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री

९ मंसिर, काठमाडौँ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक उत्तरदायी शासन पद्दतिको विकास गर्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि राष्ट्रिय जागरण अभियानको आवश्यकता औँल्याए । महिला हिंसा अन्त्यका लागि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कोशेढुङ्गा सावित हुनेमा उनले विश्वास व्यक्त गरे । विभिन्न प्रकारका हिंसाबाट पीडित महिलाको न्यायमा सहज पहुँचलाई सुनिश्चित गर्ने राष्ट्रिय महिला आयोगको संवैधानिक व्यवस्था गरिएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

Advertisement

उनले भने, “लैङ्गिक समतामुलक समाज निर्माण गर्नका लागि हामीले संवैधानिक, नीतिगत र कानूनी अधिकार सुनिश्चित गरेका छौँ, प्रत्येक महिलालाई समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हकको संवैधानिक रुपमा सुनिश्चित गरिएको छ ।” महिला विरुद्ध हुने सबै प्रकारका भेद्भाव, हिंसा र शोषणको अन्त्य गर्न सबै प्रकारका भेद्भाव उन्मुलन गरी नीति तथा कार्यक्रमलाई थप प्रभावकारिताका साथ कार्यान्वयन गरिने प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

अझै पनि लैङ्गिक विभेद् र हिंसालाई बढवा दिने सामाजिक संरचनागत सोच, मूल्यमान्यता कायमै रहेको उल्लेख गर्दै उनले त्यसको अन्त्यका लागि सबै लाग्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री देउवाले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिति र त्यसबाट महिलाले भोग्नुपरेको समस्या अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै गैरसरकारी सङ्घ-संस्था, निजी क्षेत्र, सञ्चारकर्मी र अभियन्तालाई सचेतनामूलक तथा अभियानमुखी कार्यक्रम सञ्चालन गर्न आह्वान गरे।

Advertisement

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले लैङ्गिक हिंसा विरुद्धको सचेतना अभिवृद्धि गर्दै जोखिममा परेकालाई उद्दार, राहात पुनःस्थापना तथा मनोसामाजिक परामर्शसेवा प्रवाह गर्न सम्पूर्ण सरकारी, गैरसरकारी सङ्घ संस्था एवं सरोकारवाला सबैमा आह्वान गरे। अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष अमृता थापा र राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहलगायतले महिला हिंसा अन्त्यका लागि आ–आफ्नो ठाउँबाट सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए ।

आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्वर १० तारिखसम्म विश्वभर लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन हुँदैआएको छ । नेपाल सरकारले नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णयसमेत गरेको छ । दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा “ओरेन्ज द वल्ड : इन्ड भ्वाइलेन्स अगेन्स वुमन नाव” रहेको छ । राष्ट्रिय नारा “घरैदेखि सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ” रहेको छ । रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top