अध्यक्ष ओलीले नारायणीमा बोटिङ गर्ने कार्यक्रम स्थगित भयाे

१० मंसिर, चितवन ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित गरिएको छ । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनमा आएको बेला ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम तय गरिएको थियो ।

तर उक्त कार्यक्रम सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनले भने, ‘जल पर्यटनलाई प्रवर्द्धन गर्न अध्यक्षले गैंडाकोट तर्फबाट मोटर बोट चढेर महाधिवेशन उदघाटन स्थलमा आउने कार्यक्रम थियो तर सुरक्षाका कारण स्थगित गरिएको छ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top