एमाले महाधिवेशनको सुरक्षा डग र ड्रोनबाट

१० मंसिर, काठमाडाैँ ।
एमालेजनका लागि बहुप्रतिक्षित र अन्य दल र नेता कार्यकताका लागि चासोको विषय बनेको देशको सबैभन्दा ठूलो दल नेकपा एमालेको दशौं राष्ट्रिय महाअधिवेशन आजदेखि सुरु भएको छ । साढे सात करोड खर्च गर्दै चितवनको नारायणी नदीको किनारमा लाखौं कार्यकर्ताको उपस्थितिमा सुरु भएको महाअधिवेशनले देशभरबाट आएका हजारौं प्रतिनिधिहरुको मतबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनलाई सहमतिको महाधिवेशन भनिएपनि निर्धारित पदाधिकारी भन्दा बढी आकाक्षी देखिएका छन् । यसले गर्दा लोकतान्त्रि प्रक्रिया निर्वाचनका माध्यामबाट नयाँ नेतृत्व चयन हुने संभावना बढेको छ । यसका लागि विद्युतीय भोटिङ मेसिनको व्यवस्था गरिएको छ । निर्धारित कार्यतालिका अनुशार यही मंसिर १२ गते आइतबार मध्यरातसम्म एमालेले नयाँ नेतृत्व पाउने छ । मुलत एमाले महाधिवेशन विधान र नीति वहस भन्दा पनि नेतृत्व चयनमा मात्रै सिमित बन्ने छ । यसअघि नै एमालेले विधान अधिवेशन सम्पन्न गरिसकेको छ ।

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी भएका छन् । एमालेले जनाएजस्तै पाँच लाखभन्दा धेरै नेताकार्यकर्ताहरु चितवन पुग्ने र त्यो क्रम अझै जारी छ । सवारीसाधन आवतजावत रोकिएको छ। स्कुल र कलेज अघोषित रूपमा बन्द गराइएको छ । महाधिवेशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। दुवै प्रहरीले अतिरिक्त महानिरीक्षकको नेतृत्वमा त्यहाँ सुरक्षाकर्मी परिचालन गरेका छन्। नेपाल प्रहरीका एआईजी सहकुल थापा महाधिवेशन सुरक्षाका लागि बिहीबार चितवन पुगेका छन्। त्यहाँ तीन जना डीआईजी पनि सुरक्षामा खटिनेछन्।

बागमती, गण्डकी र लुम्बिनीका प्रहरी प्रमुख पनि बिहीबार नै चितवन पुगेका छन्। महाधिवेशनमा प्रहरीले डग स्निफिङ र ड्रोनबाट पनि सुरक्षा निगरानी गरिने छ। नेकपा एमालेको कार्यक्रम र सुरक्षा अवस्थालाई प्रहरीले तीन कारण संवेदनशील मानेको छ । संस्थापनभित्रै विभाजन अर्थात नेताहरुबीचको प्रतिस्पर्धाले पनि सुरक्षामा समस्या निम्त्याउन सक्ने प्रहरीको आकलन गरेको छ ।

यस्तै माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र र नेपाली कांग्रेसको पनि अधिवेशन चलिरहेकाले सुरक्षा व्यवस्थालाई चुनौतीका रुपमा हेरिएको छ। म्हाधिवेशनका प्रधानमन्त्री शेरबहादुर देउवासहित विदेशी पाहुना र उच्च पदस्थ ब्यक्तिहरु पुग्ने भएकाले उनीहरुको सुरक्षा प्रहरीको प्राथमिता र चुनौती बनेको छ । यद्यपी नेपाली कांग्रेसले आजबाट सुरु हुने भनिएको चितवनको जिल्ला अधिवेशन स्थगित गरेको छ । ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारा एमालेले अघि सारेको छ।

यसअघि आफ्नो कार्यकालमा दुई दुई पटक संसद् विघटनको प्रयासका कारण पार्टीभित्रै र बाहिर ब्यापक आलोचना, त्यसैका कारण सत्ताच्युत, पार्टी फुट हुँदै अहिले पाँचदलीय गठबन्धनको एकल विपक्षी र आगामी चुनावलाई लिएर देशमा राजनीतिक ध्रुवीकरण भइरहेका बेला प्रमुख विपक्षी दल एमाले नयाँ नेतृत्व चयनको प्रक्रियामा छ । आन्तरिक र बाह्य दुवैतिरबाट पार्टी बचाउनु पर्ने र एकता कायम राख्न निकै चुनौतीको सामना गरिरहेको एमालेको महाधिवेशनलाई पार्टीभित्र, देशभित्र र बाहिर पनि निकै महत्वपूर्णरुपमा हेरिएको छ । महाधिवेशनमा सहभागिता जनाउँन एमालेले विभिन्न दलहरु तथामुलुकका प्रतिनिधिहरुलाई निम्ता गरेको छ ।

आजको उद्घाटनशत्रलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्दैछन् । भारत, बंगलादेश, श्रीलंका, कम्बोडिया लगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी भएका छन् । २५ मुलुकका दलले शुभकामना संदेश पठाएका छन् । यसैगरि सामाजिक संजालमार्फत पनि अन्य दलका नेता तथा सामाजिक संजाल प्रयोगकर्ताहरुले विभिन्न अपेक्षासहित शुभकामना संदेशहरु पनि दिएका छन् । जसमा नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमालेलाई महाधिवेशनको शुभकामना दिदैं बितेको तीन वर्षमा स्थिरता र समृद्धिका लागि दिइएको वाचा जुन नेतृत्वको दम्भ र आन्तरिक द्वन्द्वका कारण भंग भयो, त्यसको गम्भीर आत्मचिन्तन, आत्मसमीक्षा गर्न सक्यो भने यो अधिवेशन सफल भएको मान्नुपर्छ । अन्यथा यसले तात्विक रूपमा केही फरक नपार्ने बताएका छन ।

महाधिवेशनमै नबोलाइएको नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफ्नो पार्टीलाई निम्ता नगरेपनि एमाले सर्वसत्तावाद र राष्ट्रिय अहंकारको गम्भीर सिकार बनेको छ, त्यसबाट मुक्त होस् भन्ने कामना गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कम्युनिस्ट आन्दोलनमाथि विभाजनको कदमप्रति एमालेले महाधिवेशनको अवसरमा आत्मालोचना गर्नुपर्ने बताएका छन । जसपाका अध्यक्ष उपेन्द्र यादवले भने संघीय गणतन्त्र संस्थागत गर्न र राष्ट्रिय समस्या सुल्झाउन महाधिवेशनले बल पुगोस् । नेपालका शोषित पीडित जनताका लागि काम गर्न सकोस् भन्दै शुभकामना दिएका छन् । यसैगरि सामाजिक संजालमा निलाम्बर आर्चायले पनि ठूलो पार्टी हो, ठूलै जिम्मेवारी छ भन्दै एमालेलाई महाधिवेशनको शुभकामना दिएका छन् । यसैगरि मुमाराम खनालले पनि दलको आकारलाई विस्तारित गर्ने नाममा आन्तरिक पार्टी लोकतन्त्र संकुचित नहोस । राजनीतिमा दलको आकारभन्दा उसले तय गर्ने राजनीतिक मुद्याहरु महत्वपूर्ण हुन्छन । पार्टीको विभाजनजस्तो नकारात्मक परिघटनालाई दशौं महाधिवेशनले सकारात्मक उर्जामा रुपान्तरण गरोस भन्दै शुभकामना दिएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top