दुई प्रमुख कामका लागि ओली र एमालेलाई मुलुकले सम्झिरहनेछ : कमल थापा

१० मंसिर, चितवन ।

Advertisement

राप्रपा अध्यक्ष कमल थापाले महत्वपूर्ण २ कामका लागि मुलुकले केपी शर्मा ओली र नेकपा एमालेलाई स्मरण गरिरहने बताएका छन् । शुक्रबार एमालेको दशौं महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिँदै थापाले सिके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको पहिलो सफलता भएको बताए ।

थापाले लिम्पियाधुरासहितको चुच्चे नक्सालाई संविधानको अंग बनाउने काम अर्को महत्वपूर्ण र स्मरणीय योगदान भएको बताए । उनले भने, ‘२ वटा प्रमुख कामका निम्ती केपी ओली र यो देशले सम्झिराख्नेछ । पहिलो काम मधेशमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु हो । दोस्रो सबैभन्दा लिम्पियाधुरा समेत समेटेर चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा समेटेर नेपाल र नेपाली जनतालाई अविष्मरणीय गुण लगाउनुभएको छ ।’

Advertisement

उनले २०६३ सालको राजनीतिक परिवर्तनबारे एमालेले समीक्षा गर्नुपर्ने सुझाव पनि दिए ।‘२०६३ सालको राजनीतिक परिवर्तनपश्चात् दिगो शान्ति, स्थायित्व र शान्तिको गभ्मीर रुपमा समक्षा गर्नुहुनेछ भन्ने आशा र विश्वास लिएको छु। अहिले देश संकटको भूमरीमा परेको छ। लोकतन्त्रको आवरणमा विस्तारै मुलुकलाई समाप्त पार्ने खेल भइरहेको छ,’ थापाले भने, ‘इतिहासमै अहिले नेपालीहरु रगत पसिना बगाउन बाध्य भएका छन्। नेपालमा अहिले बाह्य शक्तिहरुको चलखेल र प्रभाव तीब्र रुपले बढेर गएको छ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top