एमालेले महाधिवेशनः उम्मेद्वारीमा युवाको वर्चश्व, कतिले बाजी मार्लान ?

१० मंसिर, काठमाडाैँ ।
नेकपा एमालेको जारी दशौँ महाधिवेशनबाट २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ । केन्द्रीय सदस्यको उम्मेदवारीमा यसपालि युवाको वर्चश्व हुने देखिएको छ ।पार्टीको भ्रातृ संगठन युवा संघ नेपाल, अनेरास्ववियु, खेलकुद महासंघमा रहेका युवाले केन्द्रीय सदस्यमा दाबी गरेका छन् । पार्टीभित्र ३० प्रतिशत नयाँ अनुहार आउने चर्चा भइरहेका बेला युवा केन्द्रीय कमिटीमा आउन खोजेका हुन् ।

जसमा अनेरास्ववियु अध्यक्ष सुनिता बराल, गण्डकी प्रदेश सांसद एवं युवा संघ पूर्वअध्यक्ष राजीव पहारी, खेलकुद महासंघका अध्यक्ष एवं युवा संघका पूर्वअध्यक्ष रमेश पौडेल, अनेरास्ववियु पूर्वअध्यक्ष नवीना लामा, अनेरास्ववियु पूर्वउपाध्यक्ष रश्मी आचार्य, पूर्वअध्यक्ष ऐन महर, जाजरकोट जिल्ला कमिटी सचिव सीपी घर्तीलगायतले केन्द्रीय सदस्य पदमा दाबी गरेका छन् ।

त्यसैगरी, केन्द्रीय लेखा आयोग सदस्यमा ईञ्जिनियरतर्फ सञ्जीव रोकाहाले दाबी गरेका छन् । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार उम्मेद्वारीमा यसपालि युवाको वर्चश्व छ । एमालेमा पछिल्लो पटक युवाहरूले अब पार्टीमा ३३ प्रतिशत नयाँ अनुहार प्रवेश पाउनुपर्ने भन्दै बहस चलाइरहेका छन् । यसका लागि पार्टीमा रहेको तीन पुस्ताको उचित संयोजनमा जोड दिइएको छ । युवाहरूका अनुसार अहिले एमालेमा २०३६, २०४६ र २०६२÷०६३ को तीन पुस्ता सक्रिय छ ।

Advertisement

विधान महाधिवेशनबाट पारित भएको संगठनात्मक प्रस्तावमा तीन पुस्ताको अवधारणा स्वीकार गरेको छ । त्यसैले अब बन्ने कमिटीमा अनुभवी पुस्ता, कामकाजी पुस्ता र विकासवान पुस्ताको उचित संयोजन हुनुपर्ने युवाहरूको माग छ । एमालेमा तीन पुस्ताको उचित संयोजन भयो भने ग्याप हट्ने युवाहरुको तर्क छ । यति गरिएन भने लिडरसीप ग्यापको समस्या हुने अर्थात ३६÷४६ को पुस्ता रिटायर्ड हुने तर ६२÷६३ को पुस्ता तयार भइनसकेको अवस्था सिर्जना हुने भन्दै युवाहरुले यो बहस थालेका हुन् । जसको सम्बोधन र कार्यान्वय यहि महाधिवेशनबाट हुनुपर्ने उनीहरुको तर्क छ ।

युवाहरूले केन्द्रीय कमिटीदेखि वडा कार्य कमिटीसम्म पार्टीलाई चलायमान बनाउन कार्यकालको सीमा निर्धारण गर्नुपर्ने पनि प्रस्ताव गरेका छन् ।विधान महाधिवेशनले पदाधिकारीलाई ७० वर्षको उमेरहद र दुई कार्यकाल कार्यकारी पदमा बस्न पाउने सीमा निर्धारण गरेर लागु गरेसँगै युवाले केन्द्रीय समितिमा सीमा निर्धारणलाई उपायका रूपमा प्रस्तुत गरेका छन् । जसअनुसार युवाको पहिलो उपाय चार कार्यकाल केन्द्रीय कमिटीमा काम गरिसकेपछि सोही जिम्मेवारीमा दोहोरिन नपाउने व्यवस्था गर्ने भन्ने हो । दोस्रो कार्यसम्पादन मूल्यांकन अनुसार थप जिम्मेवारी दिने व्यवस्थाको आरम्भ गर्नुपर्ने हो । तेस्रोमा स्वेच्छिक अवकाशको प्रावधान निर्माण गरी लागू गर्नुपर्ने उपाय युवाहरुले सुझाएका छन् ।यसका लागि कमिटीमा प्रवेशका लागि मापदण्ड लागू गरेजस्तै पदबाट बिदाको पनि मापदण्ड बनाएर लागू गर्नुपर्ने युवाको प्रस्ताव छ ।

Advertisement

अन्य राजनीतिक दल र एमालेमा समेत विगत देखि पुस्तान्तरणको वहस छेडिएपनि पार्टी भित्र खुलेर कसैले पनि एजेन्डा स्थापित गर्न सकेका छैनन् । विगतमा नेकपा हँुदै एमालेमा पुस्तान्तरण र युवाको भूमिकामा विषयमा गहन छलफल भएपनि अहिले युवा सहभागितामा मात्रै सिमित भएको छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top