×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

स्मार्ट लाइसेन्सका लागि भारतीय र फ्रान्सेली कम्पनीको भर

१० मंसिर २०७८

१० मंसिर, काठमाडाैँ ।
सवारी चालकका लागि सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्स वितरण सुरु गरेको सरकारले गएको फागुन देखि चालकहरुलाई लाइसेन्स वितरण गर्न सकेको छैन् । लाईसेन्स छपाईका लागि कार्ड नभएपछि २०७७ फागुनदेखि लाइसेन्सको छपाइ र वितरण ठप्प छ । विदेश जानुपर्ने अत्यावश्यक बाहेकका सेवाग्राहीलाई यातायात व्यवस्था विभागले एक वर्षदेखि लाइसेन्स छापेर दिन सकेको छैन ।

आपूर्तिमा लापरबाही र ढिलाइ हुँदा लाइसेन्स परीक्षा नै हुन सकेको थिएन भने निषेधाज्ञाको अवधिमा लाइसेन्स छपाइ समेत रोकिएको थियो । अहिले करिब ७ लाख सवारी चालकहरु लाइसेन्स परीक्षा पास तथा नवीकरणको प्रक्रिया पुरा गरेर स्मार्ट लाइसेन्स कुरिरहेका छन् । यस्तै कोरोनापछि खुलेको लाइसेन्सको परीक्षाबाट थप चालकहरु लाइसेन्स लिनका लागि पखाईमा छन् । अहिले फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौताअनुसार यातायात व्यवस्था विभागमा १४ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्ड आपूर्ति भएको छ । हालै छपाइका लागि कार्ड आएपनि विभागले तुरुन्तै छपाइ थालिहाल्ने अवस्था भने छैन ।

Advertisement
Advertisement

विभागका निर्देशक रामचन्द्र पौडेल सेल्पले आपूर्ति गरेको कार्ड विभागले दिएको स्पेसिफिकसेन अनुसार भए÷नभएको भन्नेबारे जाँच गर्न बाँकी नै छ । कार्डको मापदण्ड र गुणस्तर जाँच गर्न कसलाई दिने भन्नेबारे पनि अहिलेसम्म विभाग अनिर्णित छ । निर्देशक पौडेलका अनुसार सम्भावित कम्पनीको सूची बनाएर प्रक्रियाअनुसार छनोट हुने कम्पनीको कार्ड परीक्षण गराइने बताउँछन् । त्यसका लागि कार्डको स्याम्पल विदेशी कम्पनीमा पठाउनुपर्ने हुन्छ । अहिलेसम्म विभागले वितरण गर्ने कार्ड भारतको मद्रास सेक्युरिटी प्रिन्टर्सले आपूर्ति गर्दै आएको थियो ।

सेल्पले आपूर्ति गर्ने कार्ड छपाइका लागि मद्रासले यतिबेलासम्म सफ्टवेयरमा परिवर्तनको काम सकिसक्नुपर्ने थियो तर आफूले पाउँदै आएको ठेक्का यसपटक फरक कम्पनीले पाएपछि मद्रासले प्रणाली सुधारको काममा लामो समयसम्म चासो दिएको थिएन । तर, सरकारले कालोसूचीमा राख्ने चेतावनी दिएपछि मद्रासले प्रणालीमा आवश्यक परिवर्तनको काम गरिरहेको विभागको दावी छ । तर, अहिलेसम्म मद्रासको प्रणालीमा सेल्पको कार्डमाथि लाइसेन्स छपाइ कति सहज हुन्छ भन्ने पनि टुंगो भने छैन ।

Advertisement

विभागले डेढ वर्षअघि ल्याएको नयाँ मेसिनले प्रतिघण्टा ४५० वटासम्म लाइसेन्स प्रिन्ट गर्न सक्छ । दैनिक २१ घण्टा चलाए नौ हजार वटासम्म कार्ड छाप्न सकिन्छ । त्यसरी महिनामा साढे दुई लाख लाइसेन्स छाप्न सकिन्छ । अहिले करिब ७ लाख लाइसेन्स वितरण गर्न बाँकी छ । अहिले दैनिक लाइसेन्सको परीक्षाका लागि फारम भर्नेहरु बढिरहेका छन् । देशभर दैनिक दुई हजारदेखि २५ सयसम्म चालकले लाइसेन्स प्रक्रिया पुरा गर्छन् । विभागका अनुसार अहिले वर्षमा सात लाखदेखि १० लाख वटासम्म लाइसेन्स वितरण गर्नुपर्छ । विभागले धेरै आवेदन आएपछि अहिले कार्यालय समयबाहेक बिहान र बेलुका मात्र लाइसेन्सको आवेदन लिइरहेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top