Nepal Times
Nepal Times
3
Shares

र्‍यापर राजा कुमारीले काठमाडौंमा कन्सर्ट गर्ने

र्‍यापर राजा कुमारीले काठमाडौंमा कन्सर्ट गर्ने

१० मंसिर, एजेन्सी ।

ग्रामी अवार्ड मनोनीत र्‍यापर राजा कुमारीको काठमान्डौमा कन्सर्ट हुने भएको छ । मंसिर १८ गते काठमाडौँको फरेनहाइट क्लबमा उनले प्रस्तुति दिने जनाइएकाे छ ,

राजा कुमारी डिसेम्बर ३ मा दिल्ली हुँदै नेपाल आउनेछिन् । उनले बलिउड फिल्म ‘गल्ली ब्वाय’मा केमियो भूमिका पनि निर्वाह गरेकी थिइन् ।

विश्व संगीतका चर्चित नामहरू गिवेन स्टेफानी, फिफ्थ हार्मोन लगायत सँग राजा कुमारीले सहकार्य गरी सकेकी छिन् । उनको कन्सर्ट हेर्नका लागि दर्शकले १ हजार र २ हजारका टिकट खरिद गर्न सक्नेछन् ।

नेपालमा समेत राजा कुमारीका युवा फ्यान धेरै भएकाले उनलाई नेपाल ल्याउन लागेको क्लब फरेनहाइटका संचालक मिलन श्रेष्ठले बताए । क्लब फरेनहाइटले यसअगाडि पनि भारतका चर्चित कलाकार ल्याएर कन्सर्टको आयोजना गरिसकेको छ । यसअघि फरेनहाइटमा आदित्य नारायण झा, टोेनी कक्कड जस्ता गायकहरूले प्रस्तुति दिइसकेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.