×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

“अनि पुलिसमा जागिर नखाएर भो ?”

१० मंसिर २०७८

१० मंसिर, काठमाडौँ।

विसं २००८ को कुरा हो । काठमाडौँ, चाबहिलका कान्छा डङ्गोल र तरिमायाकी जेठी छोरी चैतमायालाई सरकारी भर्तीका लागि थुतेर लगियो । विसं २००७ पछि प्रजातन्त्रको परिवेश र उमङ्गका बेला उनीसहितका महिलालाई एक टोलीले एक्कासि लिएर सिंहदरबारमा तालिम दिन शुरु गरेको थियो । त्यो टोली अरू कोही नभएर नेपाली कांग्रेससँग आबद्ध थिए । त्यस बेला महिलाको टोली चारूमती बहालमा महिला सशक्तीकरणको छलफलमा सरिक थिए । त्यहाँबाट नै चैतमायालगायतलाई सामूहिक रुपमा लगिएको थियो । प्रजातन्त्र पुनःस्थापना हुनुअघि नेपाली काँग्रेसको मुक्ति सेनाले आन्दोलन गरिरहेको थियो । भर्खर प्रजातन्त्र प्रवेश गरेकाले सुरक्षा संरचना भर्खरभर्खर बामेसर्दै थियो ।

Advertisement
Advertisement

उतिबेलाको समय नै उस्तै । महिला केवल चुलोचौकामा सीमित रहनुपर्ने नेपाली समाजको पुरानो चलन । सामान्य लेखपढ गरेर घरबाहिर जागिर गर्ने महिलाले निकै सङ्घर्ष र हिम्मत जुटाउनुपर्ने अवस्था थियो । त्यसमाथि सेना, प्रहरी जस्तो सुरक्षा अङ्गमा काम गर्ने सोच प्रायः महिलाको सपनामा पनि आउँदैन थियो । जब महिला आन्दोलनले विश्व तातिँदै गयो, तब त्यसको राप नेपाली समाजमा पर्यो । विस्तारै महिलाको उपस्थितिको रेखा कोरिन थाल्योे । कतिपय अवस्थामा अन्तरराष्ट्रिय सन्धिसम्झौताको पक्ष राष्ट्रको हैसियतले पनि नेपाल सरकारका विभिन्न अङ्गमा महिला सहभागिता सुनिश्चित गर्नुपर्ने बाध्यता आइलाग्यो । विशेषगरी राणाशासनको अन्त्यसँगै मौलाएको प्रजातान्त्रिक व्यवस्थाले महिलाका लागि अवसर र चुनौतीका चाङ लगाइदियो । चैतमाया त्यस्तै अवसर र चुनौतीका चेपुवामा परेका थिए ।

झण्डै चार महिना जति चैतमायासहितको महिला टोलीलार्ई प्रहरीसँग सम्बद्ध विभिन्न तालिम दिने र खेल खेलाउने गरियो । त्यस बेलाका प्रहरी हाकिम नरशम्शेर जबरा आफैँ आएर तालिमेलाई सिकाउँथे । राणा नेपालका दोस्रो प्रहरी महानिरीक्षक थिए । उनले राणाले प्रहरी प्रमुख हो भन्ने कुरा पछि मात्रै थाहा पाएको सुनाए । तालिम सकिने बेलासम्म पनि उनीसहितका महिलालाई केका लागि तालिम लिइँदैछ भन्ने भेउसम्म थिएन । चैतमायाका अनुसार सबै महिला मिर्मिरे बिहान टुँडिखेलको फराकिलो चौरमा सिक्ने, खेल्ने गर्थे । त्यसबेला भाग्न नपाउने गरी बन्दोबस्ती मिलाइएको थियो । प्रहरीमा भर्ना भएको भन्ने कुराको कसैले सुइँकोसमेत पाएन ।

उनी कल्पनामै नभएको प्रहरी पेशामा अनायासै तानिइन् । खेलकुद गरेको चार महिनापछि बल्ल मात्रै प्रहरी भएको थाहा भयो । त्यो चाल पाएपछि चैतमायासहितका सबैले प्रहरीको जागिर नखाने अड्डी लिए । लिऊन् पनि कसरी रु कडा मेहनत, चनाखो जीवनशैली र उछलकुदको प्रहरी पेसा महिलाका लागि सहज लाग्ने कुरै भएन । त्यसमाथि घरपरिवारको सहयोग र समर्थन पनि उतिबेला थिएन । महिला प्रहरी हुनु झनै चुनौती थियो तर उहाँहरुको जागिर नखाने पुकारा कसैले सुनेनन् । बरु प्रहरी अधिकारीबाट धम्कीको सामना गर्नुपर्यो । “हामीले जागिर खान्नौँ भन्दा कि तालिमको पैसा तिर्, नत्र जेल जानुपर्छ भने”, अठासी वर्षीया चैतमायाले प्रहरी प्रमुखले भनेको कुरा सुनाउँदै भनिन्, “अनि पुलिसमा जागिर नखाएर भो ?”

त्यसपछि उनको प्रहरी जीवन सुरु भयो । प्रहरीमा भर्ना भएकामा श्रीमान् केदार राजवंशीलाई पनि चित्त बुझेको थिएन तर सरकारको नुन खाइसकेपछि उनले पनि ‘हुन्न’ भन्न सकेनन्। “प्रहरीमा जागिर खाएका निहुँमा सात दिनमै श्रीमान्सँग विवाद भए पनि पछि विस्तारै उहाँले स्वीकार गर्नुभयो”, चैतमायाले बताइन् । घरपरिवारको जिम्मेवारी श्रीमान् र परिवारलाई सुम्पिँदै उनले जागिरे जीवनको यात्रा सुरु गरिन् । शुरुमा उनको दरबन्दी ट्राफिकमा भए पनि जहाँ खटायो, त्यहीँ जानुपर्ने बाध्यता थियो । त्यतिबेला अपराधका रूपमा केही मारपिट, चोरीका घटना हुन्थे । उनले ‘ड्युटी’मा खटिँदा सयौँ अभियुक्त वा आन्दोलनकारी महिला, पुरुषलाई पक्राउ गगरेकी थिइन् । विसं २०१४ को सत्याग्रहमा उनी झन् धेरै खटिइन् ।

उहाँले प्रहरी पेसामा नुनको सोझो मात्र गर्नु भएन, देशको रातो झण्डामुनि नेपाली महिलाकै शिर गर्वले ठाडो बनाउनुभयो, देश सेवामा जीवन सुम्पेर आधा आकाशको सान बढाउनुभयो, अनि पहिलो महिला प्रहरी बनेर ‘सत्य सेवा सुरक्षणम्’ को प्रहरी नारालाई महिला वर्गले पनि उँचो राख्न सक्छ भन्ने चरितार्थ गर्नुभयो । उहाँलाई अहिले हिँडडुलमा अर्काको सहारा चाहिने बेला भइसकेको छ । प्रहरी सहायक निरीक्षकबाट २०३९ सालमा सेवानिवृत्त चैतमायाले प्रहरी हुनुमा गर्व गर्दै भन्नुभयो, “प्रजातन्त्र खुलेपछि त ओहो १ कुरा गरिसाध्य छैन, त्यस्तो खुसीको क्षण थियो, त्यही बेला हामीलाई लग्यो ।”

त्यस समयमा प्रहरीमा मात्रै होइन, जागिर खाने महिला नै थिएनन् भन्छिन् चैतमाया । “प्रहरीमा जागिर खाने हाम्रो इच्छा थिएन, पुलिसमा जाने भनेर लगिएको पनि होइन, काँग्रेसका नेताले त्यसै सिंहदरबार लगेका थिए, चार महिनापछि पो प्रहरी भयौँ भने, आफू त छक्कै परेको” उनले सुनाइन् । त्यस बेला महिलाको २५ जनाको दरबन्दी थियो । त्यसमा पहिलो नाम ‘चैतमाया डङ्गोल’, वैशाख १ दर्ता भयो । “भर्ना हुँदा भाइहरू (प्रहरी जवान) तीन मोहर खान्थे किस्ता, हवल्दारको दुई रुपैयाँ थियो, महिला भाग्छन् भनेर त्यतिखेरै हामीलाई तीस रुपियाँ दिइएको हो”, उनले पुरानो कुरा सम्झँदै भनिन् । जाडामा खाकी रङको ऊनी र गर्मीमा जिन्सको पोशाक दिइन्थ्यो ।

चैतमायाले झण्डै ३२ वर्ष प्रहरीमा सेवा गर्दा प्रहरी नायब निरीक्षक ९सइ० हुने समय भएको थियो । “चिठ्ठी आउनै लाग्दा घरको समस्याले जागिर छाडेँ”, उहाँले सुनाउनुभयो । प्रहरी हुँदाका अनेक अनुभव उनीसँग छ । “कति हेलाँ गर्थे त्यस बेला, सबै सहेर काम गर्नुपरेको थियो, सुरुसुरुमा डर पनि लाग्यो, लाज पनि हुन्थ्यो । अरुले ‘पुलिसनी’ जिस्क्याउँथे, पछिपछि हेलाँ गर्ने, जिस्क्याउनेलाई लखेट्थेँ”, उहाँले काम गर्दाका स्मृति सुनाइन् । पाँच दिदीबहिनीमा उनीसहित तीन जना प्रहरीमा लागिन् । उनले पछि माहिली बुद्धमाया र साहिँली श्रीमानीलाई प्रहरीमा लगाएका थिए। बुद्धमाया भने अहिले बितिसके।

आफूलाई प्रहरीमा भर्ना हुँदा लाज लाग्ने गरे पनि अब त्यस्तो अवस्था नरहेको उनी बताउँछिन् । अहिले त खुसीसाथ भर्ना हुन्छन् । “महिलामा पनि केटासरह नै काम गर्न सक्ने तागत छ”, उनले ठोकुवा गरिन् । अहिले विभेद नभएकाले पनि काम गर्न सजिलो रहेको उनी बताउँछन् । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री आजभन्दा झण्डै ७० वर्ष पहिला महिला प्रहरी हुनु आफैँमा चुनौतीको विषय भएको मान्नुहुन्छ । “चैतमायाको जीवन कुनै तिलस्मी कथाकी नायिकाको जस्तै छ”, आइजिपी थापाले भनिन् ।

नेपाल प्रहरीले उनलाई गत असोज २० गते मनाइएको ६६औँ प्रहरी दिवसका अवसरमा पहिलो महिला प्रहरीका रुपमा ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्यो । उनले मुलुककै कार्यकारी प्रमुख प्रधानमन्त्री शेरबहादुर देउवाका हातबाट सम्मान लिइन्। उनस् बसेकै ठाउँमा पुगेर गृहमन्त्री बालकृष्ण खाणले दीर्घायुको कामना गर्दै विगतमा शान्तिसुरक्षा कायम गर्न गरेको योगदानको प्रशंसा गर्नु भुल्नुभएन । देशका उच्च व्यक्तिले आफू बसेकै ठाउँमा भेट्न आउँदा चैतमायाले त्यतिबेला हर्षित मात्रै हुनुभएन, प्रहरी भएकामा गर्व पनि गरिन् । त्यसो त उनले गोरखा दक्षिणबाहु चौथो, प्रहरी सेवा पदकलगायत पनि प्राप्त गरिसकेकी छिन् ।

कामको दौरान उहाँनी चितवन, नुवाकोट र तनहुँको तत्कालीन सदरमुकाम बन्दीपुर पनि खटिएकी थिइन् । विसं २०२१ मा बन्दीपुरबाट दमौली सार्दा आन्दोलन भएको थियो र भिड नियन्त्रणमा महिला प्रहरीलाई अगाडि राखिएको थियो । त्यसमा सरिक भएकी चैतमायाले महिला प्रहरी देखेपछि आन्दोलनकारी हच्किएको बताएको प्रहरीले प्रकाशन गरेको एक पुस्तकम उल्लेख छ । अहिले विभिन्न प्रहरी तालिमहरूमा पहिलो महिला प्रहरीका रुपमा उभिएर प्रेरणा दिन उनले छाडेकी छैनन्। कानुनतः ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ तर नेपाल प्रहरीमा अहिले पनि तिनको सङ्ख्या न्यून छ । हाल नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक, आठ÷आठ प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक, २९ प्रहरी नायब उपरीक्षक, ११७ प्रहरी निरीक्षकसहित आठ हजार ३५६ महिला प्रहरी कर्मचारी छन् । सबैभन्दा बढी जवान महिला छन् । कुल प्रहरीको दरबन्दी ७९ हजार ५३८ भए पनि हाल ७६ हजार १०१ प्रहरी कार्यरत रहेकामा झण्डै ११ प्रतिशत मात्रै महिला छन् ।

Advertisement

विसं २०१२ मा ऐन आएपछि मात्रै प्रहरी सङ्गठन औपचारिक रुपमा गठन भएको मानिन्छ । त्यही दिनको सम्झनामा प्रहरी दिवस मनाउने गरिएको छ । ऐनमा लालमोहर लाग्नुअघि नै प्रहरी भर्ना गरिएको थियो । त्यसमाथि महिला पनि सहभागी थिए । चैतमाया त्यसैको एउटा उत्पादन हुन् । प्रहरीको इतिहास खोतल्दा विसं १९५५ तिर तराईमा हुने आपराधिक क्रियाकलाप रोक्न अमिन प्रहरी स्थापना भएको पाइन्छ । पहाडतिर मिलिसियो बनाइएको थियो । विसं १९६७ मा काठमाडौँमा कोतवाली प्रहरीको स्थापना भएको थियो । रासस

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top