सातदोबाटोसँग हार्याे थ्री स्टार

१० मंसिर, काठमाडौं ।

उपाधि दावेदार रुस्लान थ्री स्टार क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग स्तब्ध बनेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टार सातदोबाटोसँग १–० ले पराजित भएकाे हो ।

थ्री स्टारलाई हराउन सातदोबाटोका सुदिप गुरुङले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलको २९औं मिनेटमा सुदिप गुरुङले गोल गर्दै सातदोबाटोलाई १–० को अग्रता दिलाए । अजायी मार्टिन्सले उपलब्ध गराएको पासमा अनमार्क रहेका सुदिपले डिबक्सको ठिक बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत हुदा थ्री स्टारका गोलरक्षक प्रिसोले रोक्ने कुनै मौका नै पाएन ।

दुवै टोलीबाट गोलका केही अवसरहरु सिर्जना भएपनि दुवै टोलीले गोल गर्न सकेनन् । सातदोबाटोले शीर्ष डिभिजनमा दोस्रो खेलमा पहिलो जित निकालेको हो ।

जितसँगै अपराजित सातदोबाटोले दुई खेलबाट ४ अंक जोडेको छ । पहिलो हार बेहोरको थ्री स्टारको ३ अंक छ । सातदोबाटोले पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । थ्री स्टारले च्यासललाई ३–० ले पराजित गरेको थियो ।

दिनको दोस्रो खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लबबीच दिउँसो ४ः४५ बजेपछि प्रतिस्पर्धा हुनेछ । दुवै टोली पहिलो जितको खोजीम हुनेछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top