बन्द सत्रमा ओलीले भने- मेरो जिन्दगीको टुंगो छैन, तर तपाईंहरुलाई हेरेर ढुक्कले निदाउन सक्छु

११ मंसिर, चितवन ।

एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टीका कार्यकर्ताको हातमा लोकतन्त्रको भविष्य सुरक्षित रहेको बताएका छन् ।

एमालेको १० औं महाधिवेशन अन्तरगत जारी बन्द सत्रमा सम्बाेधन गर्दै उनले भने, ‘यसै पनि मानिसको जिन्दगीको टुंगो हुँदैन । म त झन् धेरैपटक मरेर बाँचेको हुँ । धेरैपटक अपरेशन गरेको शरीर हो । त्यसैले कति बाँच्छु थाहा छैन । तर मलाई मिठो निद्रा लाग्छ, खाना रुच्छ, जब तपार्इंहरुलाई अगाडि देख्छु । तपाईंहरुको हातमा देशको भविष्य सुरक्षित देख्छु । आन्दोलनको भविष्य सुरक्षित देख्छु । समृद्धिको यात्रा सुरक्षित देख्छु, त्यसैले ढुक्क भएर सुत्न सक्छु ।’

साहसी र तेजतर्रार कार्यकर्ताहरुको अगूवाई गर्ने अध्यक्ष हुन पाएकोमा आफूलाई गर्व लाग्ने गरेको ओलीले बताए । उनले भने, ‘म आफूलाई गौरवान्वित महसुस गर्छु कि अध्यक्षको रुपमा तपाईंहरुलाई लिड गर्ने मौका पाएको छु । तपाईंहरुले साथ नदिएको भए यो पार्टीको बेहाल हुने थियो ।’

एमाले आज देशको सबैभन्दा ठूलो र निर्णायक पार्टीका रुपमा रहेको उनले बताए । उनले भने, ‘एक वर्ष पनि भएको छैन, हामीलाई पार्टीबाट लखेटिएको थियो । हाम्रो पार्टीलाई धुलोमा पछारिएको थियो । तर, यति चाँडै हामी यो स्थितिमा आइपुगेका छौं।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top