भूकम्पले क्षेती पु¥याएको सम्पति ५२ प्रतिशत पुनरुत्थान : अध्ययन

११ मंसिर, काठमाडाैँ ।

२०७२ सालको भूकम्पले क्षेती पु¥याएको सम्पति ५२ प्रतिशत पुनरुत्थान भएको एक अध्ययनले देखाएको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको अनुसन्धान प्रतिवेदनमा भुकम्पपछि नेपालमा क्षतिग्रस्त सम्पतिको पुनरुत्थापन कसरि भयो त्यस सम्बन्धि गरेको विस्तृत अध्ययन गरिएको छ ।

त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र केन्द्रिय विभागको नेतृत्वमा गरिएको अध्ययनमा भुकम्प गएको पाँच वर्षमा मानिसहरुसँग भएको जीवन चलाउने स्रोत उत्पादनशिल सम्पतिको पुनरुत्थान कसरी सम्भवका विषयमा बढी केन्द्रिकित भएको छ । उक्त प्रतिवेदन अनुसार क्षेती भएको सम्पतिहरु अहिले ५२ प्रतिशत पूर्ण रुपमा पुनरुत्थान भएको र ४७ प्रतिशत भने आधा मात्रै पुनरुत्थान भएको देखाएको छ । अनुसन्धान प्रतिवेदन सार्वजनिक कार्यक्रममा नेपाल पुननिर्माण प्राधिकरणका विष्णु भण्डारीले यस बीचमा भुकम्पपछि बिभिन्न विषय र पक्षमा अध्ययन अनुशन्धान भएपनि जनताको अर्थतन्त्रसँग जोडिएको विषयमा अनुसन्धान नभएकाले यो एउटा महत्वपूर्ण दस्तावेज नै भएको बताए । अर्थतन्त्रसँग जोडिएको यो नै पहिलो प्रतिवेदन भएको बताए। यस दस्तावेजले भूकम्प पछिको पुनःनिर्माणमा स्थानीय अर्थतन्त्रसँग जोडिएका हराएका मौलिक ब्यबस्था र अहिले चलिरहेको ब्यबस्थाको अध्ययन गर्न सजिलो हुने बताए ।

त्यस्तै,त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख शिवप्रसाद अधिकारीले भुकम्पपछि सम्पतीको पुनरुत्थान अनुसन्धान गर्नु कठिन भएता पनि अनुसन्धान प्रतिवेदन आएको बताए । प्रतिवेदनले भुकम्पछि जनताले आफ्नो क्षेति भएको सम्पती कसरी पुनरुत्थान गरे भन्ने अध्ययन,अध्यापन र अनुशन्धान गर्न सहज हुने बताए।

उनले भने,‘ यो अनुस्नधान गर्न कठिन छ, धेरै प्रश्न चिन्ह खडा भएका छन्,भुकम्प गएको समयको मूल्याकन अहिले धेरै फरक परेको छ पर्छ पनि, तर, यो प्रतिवेदनले भुकम्पछि जनताले आफ्नो क्षेतिभएको सम्पती कसरी उनरुत्थान गरेभन्ने विषयमा राम्रो प्रतिवेदन आएको छ।’

अर्थशास्त्र विभागका प्रमुख अधिकारीले विभिन्न समयमा आउने प्राकृतिक विपत्तिको अनुसन्धानका प्रतिवेदनहरु अन्य बाहिरका गैर सरकारी संस्थाले मात्र गर्न नहुने बताए । त्रिभुवन विश्वविद्यालयलाई साधन श्रोत दिएर यस प्रकारका घटना तथा दुर्घटनाका अध्ययन अनुशन्धान गराउन सकिने बताए । अध्ययन अनुशन्धान गराउन राज्यले लगानी गर्नु पर्ने बताउनुभयो प्रतिवेदनमा अनुसार ग्रामिण क्षेत्रमा ५२ प्रतिशत आधा र ४८ प्रतिशत भने पुर्णरुपमा पुनरुत्थान भएको बताइएको छ ।

यसरी सम्पतीको पुनरुत्थान घर पुननिर्माण गर्न ९० प्रतिशत पुननिर्माण प्राधिरकणको सहयोग लिएको प्रतिवेदनले देखाएको छ । रेमिटेन्सबाट १८ प्रतिशत, २० प्रतिशत पुरानो सम्पति बेचेर र ८५ प्रतिशत विभिन्न संघसंस्थाले दिएको सहयोग मार्फत पुनरुत्थान गरेका छन् । त्यस्तै, पुनरुत्थानपछि सम्पतीको मूल्य ४ गुणाले बढेको प्रतिवेदनले देखाएको छ । भुकम्पपछि ५ लाख ४ हजार रहेको सम्पती अहिले ४ गुणाले बढेर २२ लाख सम्म पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ । यसरी मूल्य बढ्नुमा भुकम्प भन्दा अगाडी सडक नपुगेका ग्रामिण क्षेत्रमा समेत सडक बाटो पुगेकाले तथा समाजिक अर्थतन्त्रमा आएको परिर्वतन र बजारको विस्तारले सम्पतीको मूल्य ४ गुणा भन्दा बढीले बढेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top