वीरगन्जमा वायु प्रदूषण मापन शुरु

वीरगन्जमा वायु प्रदूषण मापन शुरु

१२ मंसिर, वीरगन्ज ।

वीरगन्जमा २ थान ‘ब्लु स्काई डिभाइस’ जडान गरी नगरको विभिन्न २ स्थानबाट वायु प्रदूषण मापन गर्न थालिएको छ ।

वीरगन्ज महानगरपालिकाको कार्यालय र वडा नम्बर ३१ को कार्यालय सोलखपुरमा जडान गरिएको २ थान ‘ब्लु स्काई डिभाइस’ मार्फत वायु प्रदूषण मापन गर्न थालिएको हो ।

महानगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख इन्जिनियर सुनिलकुमार कर्णका अनुसार उक्त उपकरण अमेरिकी सरकारले अनुदानमा दिएको थियो ।

महाशाखा अन्तर्गतको वातावरण तथा हरियाली प्रवर्द्धन शाखासँगको सहकार्य तथा त्रिभुवन विश्वविद्यालयको वातावरण विभागसँग समन्वय गरी उपकरण जडान गरिएको हो । यसको मद्दतबाट वायुमा रहेको प्रदूषणको मात्रा यकिन गर्न सकिने कर्णले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.