Nepal Times
Nepal Times
3
Shares

दुवै अभ्यास खेलमा नेपालको हार

दुवै अभ्यास खेलमा नेपालको हार

विराटनगर,साउन २६
नेपाली युवा टोली (यु २३) ले थाइल्यान्डमा अर्काे मैत्रीपूर्ण खेलमा पनि पराजत भोगको छ । थाइल्यान्डको युवा टोलीसँग शुक्रबारको खेल नेपालले ४–० ले गुमाएको हो ।

यसअघि पहिलो अभ्यास खेलमा नेपाली युवा टोली पुलिस टेरोको ‘बी’ टिम सँग १–० ले पराजित भएको थियो । योसँगै इन्डोनेसियाको जाकार्ता र पालेङबाङमा अर्काे महिना सुरु हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि नेपालको अभ्यास खेल सकिएको छ ।

नेपालले भदौ २ गतेबाट औपचारिक रुपमा सुरु हुने एसिया र त्यसलगत्तै भदौ १९ बाट बंगलादेशमा सुरु हुने साफ च्याम्प्यिनसिपको तयारीका लागि २७ सदस्यीय फुटबल टोलीलाई थाइल्यान्ड पठाएको थियो ।

थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछ । एसियाड भदौ २ बाट औपचारिक रुपमा सुरु भएपनि फुटबल भने केहि दिन अगाडिबाट सुरु हुने बताइएइको छ । एसियाडमा नेपालले समूह ‘डी रहेको जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.