एमाले अध्यक्षमा ओलीले पनि दिए उम्मेदवारी

१३ मंसिर, चितवन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसौं महाधिवेशनबाट फेरि अध्यक्ष हुन उम्मेदवारी दर्ता गरेका छन्।

आइतबार राति आफूलाई अध्यक्ष राखेर ओलीले प्रस्ताव गरेको पदाधिकारी र केन्द्रीय सदस्यमा उपाध्यक्ष भीम रावलले असहमति राखेपछि ओलीले फेरि अध्यक्ष बन्न चुनाव लड्नु पर्ने भएको हो।

ओलीलाई विष्णु पौडेलले प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । नवौं महाधिवेशनबाट अध्यक्षमा ओली र रावल उपाध्यक्षमा निर्वाचित भएका थिए । यसपटक सर्वसम्मत अध्यक्ष बन्ने ओलीको तयारी थियो ।

तर रावलले अध्यक्षमा दाबी नछाडेपछि निर्वाचनमै जानु परेको हो । ओलीले आइतबार राति बन्दसत्रमा १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए । पहिल्यै अध्यक्षमा दाबी प्रस्तुत गरेका रावलको नाम त्यो सूचीमा थिएन ।

प्रस्तावित पदाधिकारीको सूचीमा नपरेका घनश्याम भूषालले उपाध्यक्षमा र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् । ओलीको प्रस्तावित सूचीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गराएपछि निर्वाचनमै जानुपर्ने भएको छ ।

भर्खरको समाचार

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सम्बन्धित समाचार

Scroll to Top