परमाणु सम्झौता पुनः ब्युँताउन इरानसँग वार्ता गरिने

१२ मंसिर ७८, सोमबार

१३ मंसिर, एजेन्सी ।
सन् २०१५ मा भएको परमाणु सम्झौता पुनः ब्युँत्याउने प्रयासमा विश्वका शक्ति राष्ट्रहरुले इरानसँग वार्ताको थालनी गर्ने भएका छन्।

परमाणु सम्झौता भंग हुनबाट जोगाउने प्रयासस्वरुप भियनामा छलफल हुने भएको हो। पाँच महिनाअघि पनि वार्ता भएको थियो, तर सहमति जुट्न सकेको थिएन।

अधिकारीहरुले भियनामा हुने वार्तामा परमाणु सम्झौतामा अमेरिकालाई पुनः ल्याउने सम्भावित विकल्पहरुबारे छलफल गर्नेछन्। सम्झौताअनुसार इरानमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने र त्यसको बदलामा इरानको परमाणु क्षमता सीमित गर्ने तय भएको थियो।

Advertisement

तर डोनाल्ड ट्रम्पले आफू सत्तामा आएपछि अमेरिकालाई सम्झौताबाट बाहिर लगेका थिए। अहिलेका अमेरिकी राष्ट्रपति जो बाइडेन सम्झौता जीवित राख्ने पक्षमा छन्।

तर भएका वार्ताहरुमा प्रतिबन्ध फुकुवा पहिले कि परमाणु क्षमता सीमित पहिले गर्ने भन्नेबारे अमेरिका र इरानबीच आ–आफ्ना अडान कायम छन्। इरान अमेरिकाले पहिले प्रतिबन्ध फुकुवा सुरु गरोस् भन्ने चाहन्छ। अमेरिका भने इरानबाट पहिले प्रतिबद्धता हुनुपर्ने बताउँछ।

Advertisement

अहिले अमेरिकालाई सम्झौतामा फिर्ता ल्याउने विकल्पबारे छलफल गर्न चीन, फ्रान्स, जर्मनी, रुस र बेलायतले इरानसँग छलफल थालेका थिए। अप्रिलमा भएको वार्तामा ठोस सहमति भएको थिएन। अहिले फेरि वार्ताको तयारी भएको हो।

सो वार्तामा अमेरिका अप्रत्यक्ष रुपमा सहभागी भएको थियो र अहिले अमेरिकी अधिकारीहरु पनि सहभागी हुनेछन्। वार्ता सोमबार भियनामा हुनेछ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top