कांग्रेस सह–महामन्त्रीमा उम्मेदवारी दिने बद्री पाण्डेको घोषणा

१२ मंसिर ७८, सोमबार

१३ मंसिर, काठमाडौँ ।
कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले १४औं महाधिवेशनमा सह–महामन्त्रीमा लड्ने घोषणा गरेका छन् ।

सोमबार पत्रकार सम्मेलन गरेर पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले पछिडिएको क्षेत्रबाट सह(महामन्त्रीमा लड्ने घोषणा गरे । ‘म १२औं महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्य, १३ औं महाधिवेशनमा खुल्ला केन्द्रीय सदस्य भएको हुँ।

अहिले विधानको व्यवस्था अनुसार पिछडिएको क्षेत्रबाट सह–महामन्त्री लड्ने निर्णय गरेको छु,’ उनले भने, ‘अर्को पटक म सह–महामन्त्रीको उमेदवार होइन। म कि उपसभापति लड्छु कि महामन्त्री लड्छु। होइन भने विश्राम गर्छु ।

म पद दोहोर्‍याउने पक्षमा छैन। बरु खाली बस्छु।’ उनले आफू कोइराला लिगेसीसँग जोडिएको तर सबैको सहयोगको अपेक्षा गरेको बताए।

उनले १४औं महाधिवेशनपछि कांग्रेस सत्ता र पार्टी ठीक ढंगले जाने आशा समेत व्यक्त गरे। ‘यो नेतृत्व चयनको महाधिवेशन हो, नीति महाधिवेशन पछि हुन्छ। हामीले बेलामा महाधिवेशन गर्न सकेनौं।

त्यसैले यसपटक नेतृत्व चयन हुन्छ र नितीगत महाधिवेशन अर्थात महासमिति बैठकबाट नीति र कार्यक्रम तय गर्नुपर्छ, उनले भने। उनले संगठन सुदृढिकरणका लागि चार ‘ब’को अवधारणा समेत अघि सारेका छन्। ‘मैले संगठन सदृढ गर्न चार ‘ब’को अवधारणा ल्याएको छु।

पहिलो ‘ब’ भनेको विचार, दोस्रो ‘ब’ भनेको विधानको अक्षरस पालना, तेस्रो ‘ब’ भनेको नियमित बैठक र चोथौ ‘ब’ भनेको व्यवस्थापन हो,’ उनले भने, ‘चार ‘ब’ मध्ये पनि विधान महत्त्वपूर्ण हो। किनभने विधानको अक्षरसस् पालना भयो भने पार्टी मजबुत बन्छ।’

उनले पार्टी नसुध्रिकन देश नै नसुध्रिदैने बताए। ‘पार्टी सधार नै अबको बाटो हो, २०४८ पछि चार चार वर्षमा महाधिवेशन भएको भए अहिले हामी १६औं महाधिवेशनको संघारमा हुने थियौं।

हामीले रामचन्द्र र शेरबहादुरलाई बिदा भइदेउ भन्नु पर्ने थिएन,’ उनले भने, ‘समयमा महाधिवेशन नहुँदा नेतृत्व जाम भयो। यसपटक पनि हामी ढिला भएका हौं। अब एक व्यक्ति एक पदको अवधारणमा अघि बढ्नुपर्छ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top