सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

१३ मंसिर, सर्लाही ।
कांग्रेसको वडा अधिवेशन स्थल राख्ने विषयमा विवाद हुँदा सर्लाहीको बलरामा सोमबार पनि झडप भएको छ ।

झडपमा मतदान अधिकृतसहित ४ प्रहरी र एकपक्षका आधा दर्जन कार्यकर्ता घाइते भएका छन् । बलरा नगरपालिका–८ गडहियामा कांग्रेस इतर पक्षले मतदान अधिकृत उमेशचन्द्र झालाई वडा कार्यालयमा लैजान खोजेको थियो भने संस्थापन पक्षले विद्यालयमा मतदानस्थल बनाउन खोजेको थियो ।

त्यसक्रममा मतदान अधिकृत झासँग विवाद हुन थालेपछि प्रहरीले उनलाई उद्धार गर्न खोज्दा झडप भएको थियो । कांग्रेस कार्यकर्ताले प्रहरी र मतदान अधिकृतमाथि नै आक्रमण गरेपछि झडप भएको थियो । प्रहरीले स्थिती नियन्त्रणमा लिन केही सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।

मतदान अधिकृत झाको टाउकोमा चोट लागेको छ । यस्तै, प्रहरी निरीक्षक सुरेश ठाकुरसहित ४ जना प्रहरी पनि घाइते भएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए । घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

‘विवाद उत्पन्न भएपछि कांग्रेसको एक पक्षले जबरजस्ती मतदान अधिकृतलाई लैजान खोज्दा प्रहरीले रोक्यो, त्यसक्रममा उनीहरुले ढुंगामुढा गर्न थाले,’ एसपी प्रसाईंले भने, ‘स्थिती नियन्त्रणमा लिनका लागि केही राउण्ड अश्रुग्यास प्रहार भएको छ, अहिले अवस्था सामान्य छ, घाइतेको पनि उपचार भइरहेको छ ।’

प्रहरीले अनावश्यकरुपमा बल प्रयोग गरि आफ्ना कार्यकर्तालाई घाइते बनाएको त्यस क्षेत्रका संघीय सांसद अमरेशकुमार सिंहले बताए । ‘प्रहरीले हाम्रा कार्यकर्ताहरुलाई अनावश्यकरुपमा बल प्रयोग गरेर घाइते बनाएको छ, यसमा गृहमन्त्री बालकृष्ण खाँणले सत्ताको उन्माद देखाएका छन्,’ उनले भने ।

यसअघि आइतबार पनि बलरा नगरपालिका–९ अचलगढमा वडा अधिवेशनको क्रममा दुई समूहबीच विवाद उत्पन्न भएपछि प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले एक राउण्ड हवाइ फायर गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top