मेस्सीले जिते कीर्तिमानी सातौ पटक बालोन डि ओर उपाधि

१३ मंसिर ७८, मंगलबार

१४ मंसिर, एजेन्सी ।
अर्जेन्टिना तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड लियोनेल मेस्सीले सोमबार कीर्तिमान सातौं पल्ट बालोन डि ओर जितेका छन् ।

व्यक्तिगत रूपमा उनको खेल जीवन यो वर्ष उतारचढावपूर्ण रह्यो, तर उनले अर्जेन्टिनाका लागि कोपा अमेरिका भने जिते । अर्जेन्टिनी मेसीले यही उपाधिका कारणले आफूले बालोन डि ओर जितेको पनि मानेका छन् ।

यस वर्षको अवार्ड जित्ने क्रममा मेस्सीले जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पारे । मेस्सीले ६१३ अंक प्राप्त गरे । लेवान्डोस्कीले ५८० तथा जर्गिन्होले ४६० अंक प्राप्त गरेका थिए ।

करिम बेन्जेमा, एङ्गोलो कान्टे, क्रिस्टियानो रोनाल्डो, मोहम्मद सलाह, केभिन डि ब्रुएन, केलियन एमबाप्पे र जियानलुइजी डोन्नररुम्मा शीर्ष १० मा रहे । रोनाल्डो छैटौ स्थानमा रहे ।

पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका रोनाल्डो सन् २०१० पछि शीर्ष तीनबाट बाहिर रहेको हो । उनी हरेक सिजनमा दावेदारको रुपमा रहँदा शीर्ष तीनमा पर्दै आएको थियो ।

उनी सर्वाधिक १७ पटक मनोनयनमा परेका छन् । मेस्सीको यो सातौ बालोन डि ओर अवार्ड हो । मेस्सीभन्दा पछि रोनाल्डोले पाँचपटक यो अवार्ड जितेका छन् ।

महिलातर्फ भने स्पेनकी एलेक्सिया पुटेलासले बालोन डि ओर अवार्ड जितिन् । अहिले ३४ वर्ष पुगिसकेका मेसीले यो अवार्ड जित्ने क्रममा रोबर्ट लेवनडोस्की र करिम बेम्जेमालाई उछिनेका हुन् ।

अवार्ड कार्यक्रम पेरिसमा आयोजना गरिएको थियो र संयोगले अहिले उनी पेरिसकै क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्छन् । अगस्टमै मात्र उनी बार्सिलोना छाडेर पीएसजी आएका हुन् ।

उनको नेतृत्वमा यसपल्ट अर्जेन्टिनाले कोपा अमेरिका जितेको थियो र यो अर्जेन्टिनाले सन् १९९३ यता जितेको पहिलो ठूलो उपाधि हो । अवार्ड थापेपछि मेसीले भने, ‘मलाई लागेको थियो, अब यो अवार्ड जितिने छैन्, तर फेरि जितेकोमा खुसी छुं ।’

उनले यो अवार्ड सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा पनि जितेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top