अबको केही दिन देशका धेरै ठाउँमा पारिलो घाम नलाग्ने

१३ मंसिर ७८, मंगलबार

१४ मंसिर, विराटनगर ।
अबको केही दिन देशका धेरै ठाउँको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् ।

अरब सागर र आसपासमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन पारिलो घाम लाग्ने सम्भावना नरहेको मौसमविद्ले बताएका हुन् ।

यो प्रणालीका कारण पहाडी जिल्लामा वर्षा र हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । भोलि सुदूरपश्चिम र पश्चिमका केही पहाडी जिल्लामा पानी पर्ने सम्भावना छ भने हिमाली जिल्लामा हिमपात हुने उनले बताए।

आज पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुने छ । न्यूनचापीय प्रणालीको प्रभाव सुदूरपश्चिम र पश्चिमी क्षेत्रमा धेरै पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

पोखरा, जुम्ला, डडेलधुरा, दीपायल, सुर्खेत लगायतका क्षेत्रमा भोलि पानी पर्ने अनुमान गरिएको छ । मध्य र पूर्वी क्षेत्रमा पानी नपरे पनि मौसम भने बद्ली हुने उनले बताए । अहिले काठमाण्डौसहित तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । अन्य क्षेत्रको मौसम बद्ली भएको छ ।

यस्तै, न्यूनतम र अधिकतम तापक्रम घट्न थालेसँगै देशैभर चिसो बढेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top