मुम्बईले पोलार्ड र हार्दिकलाई टोलीमा राखेन

१३ मंसिर ७८, मंगलबार

१४ मंसिर, एजेन्सी ।
पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले स्टार अलराउन्डर काइरन पोलार्ड र हार्दिक पान्ड्यालाई इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को मेगा अक्सन अघि फुकुवा गरेको छ ।

मुम्बईले कप्तान रोहित शर्मा र तीव्र गतिका बलर जस्प्रित बुमराहलाई टोलीमा राख्दा अन्य सबै खेलाडी फुकुवा गरेको छ । पोलार्ड, हार्दिक, सूर्य कुमार यादव, ईशान किशन टोलीमै रहन सक्ने खेलाडीको रुपमा थिए ।

राहुल चाहर र क्रुनाल पान्ड्या पनि दाबेदारमा थिए । आइपिएल नियम अनुसार मेगा अक्सन अघि बढीमा चार खेलाडी राख्न पाइन्छ । चार खेलाडीमा बढीमा तीन भारतीय र दुई विदेशी राख्न पाइन्छ । पोलार्ड र हार्दिक विष्फोटक ब्याटरको लागि विश्व प्रसिद्ध ब्याटर हुन् ।

मध्य गतिमा बलिङ गर्ने गर्दछन् । मुम्बईले २०२० र २०१९ को उपाधि लगातार जित्दा यी दुई अलराउन्डरको भूमिका महत्वपूर्ण थियो । दुबै ब्याटर एकै खेलमा खेललाई मोड्न सक्छन् । मुम्बईका प्रमुख खेलाडी पोलार्ड र हार्दिकलाई टोलीमै राख्ने गर्न सक्ने अनुमान गरिएको थियो ।

तर मुम्बईले दुई खेलाडी मात्र टोलीमा राख्दै अन्य सबैलाई फुकुवा गरेको छ । सूर्य एक फ्रेन्चाइज टोलीको कप्तानी गर्ने सम्भावना छ । दुई नयाँ फ्रेन्चाइज टोलीसँगै कोलकता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोर नयाँ कप्तानको दोडमा छन् ।

यी चार फ्रेन्चाइज टोली मध्य एकको सूर्यले कप्तानी गर्ने सम्भावना छ । ईशान किशन पनि भारतीय टोलीका वर्तमान समयका आक्रामक ब्याटर हुन् । आइपिएलमा यस सिजन देखि १० टोलीबीच प्रतिस्पर्धा हुनेछ । लखनउ र अहमदाबाद यस सिजनमा थपिएका नयाँ फ्रेन्चाइज टोली हुन् ।

यी दुई फ्रेन्चाइज टोलीले भने तीन खेलाडी मात्र टोलीमा राख्न पाउनेछन् । दुई भारतीय र एक विदेशी खेलाडी राख्न पाइने छन् । दिल्लीले पृथ्वी शा, ऋषभ पन्त, एनरिच नोर्किया र अक्षर पटेललाई टोलीमा राखेको थियो ।

चेन्नई सुपर किंग्सले रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी, ऋतुराज गायकवाड त्यस्तै कोलकता नाइट राइडर्सले आन्द्रे रसेल, बरुण चक्रवर्ती, वेंकटेश ऐर र सुनिल नारायणलाई राखेको छ ।

सनराइजर्स हैदराबादले केन विलियम्सन, बेंगलोरले विराट कोहली र ग्लेन म्याक्सवेललाई टोलीमै राखेको छ । राजस्थान रोयल्सले सन्जु स्यामसनलाई टोलीमा राखेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top