काठमाडौं,साउन २६
सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ ।
समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाए पनि उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन ।करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुन काण्ड बनेको थियो ।
तर सो प्रकरणमा नेकपा र नेपाली कांग्रेसका उच्च तहको नेताको संलग्नता रहेको खुल्दै गएपछि प्रतिवेदनकै चर्चा हुन छाडेको छ । केही चर्चित व्यक्ति समेत फस्ने भएपछि यसलाई गुपचुप राख्न खोजिएको जानकारहरुको आरोप छ ।
समितिले ३ सय भन्दा धेरैमाथि थप अनुसन्धान गर्नुपर्ने प्रतिवेदनमा औंल्याएको थियो ।टोलीले प्रतिवेदन बुझाएसँगै यो प्रकरणलाई विभिन्न बहानामा अन्यत्र मोड्ने अथवा घटनाक्रमलाई मुख्य दोषीसमक्ष नपुर्याई पूर्णविराम लगाउने चलखेल भएको समाचारस्रोतको दाबी छ ।
बारम्बार आफूहरु ठूला माछाको नजिक पुगेको बताइरहने गृहमन्त्री राम बहादुर थापा पनि प्रतिवेदन बुझाइएपछि मौन छन् ।