×

NEPAL TIMES UPDATES

Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
हर्कको बालेनलाई ३३ बुँदे सुझावः mcc,spp मा नजोडिनु, गृहमन्त्रीले राजीनामा दिनु उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026

कांग्रेस गण्डकी प्रदेश सभापतिमा चार आकांक्षी, कसले संभावना कस्तो ?

१५ मंसिर २०७८

१५ मंसिर, विराटनगर ।
संघीय संरचना अनुशार नेपाली कांग्रेस पहिलो पटक १४ औंै महाधिवेशन मार्फत प्रादेशिक संरचनामा जादैछ ।

यसका लागि प्रदेश अधिवेशनमा अन्तिम तयारीमा कांग्रेस पुगिसकेको छ । विभिन्न प्रदेशमा उम्मेदवारी घोषणा भईरहेको छ । कांग्रेसको परिवर्तित तालिकाअनुसार प्रदेशमा यही मंसिर १५ गते हुने भनिएको मनोनयन दर्ता १७ गतेका लागि सारिएको छ ।

Advertisement
Advertisement

प्रदेश महाधिवेशनमा जुटेको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेद्वारी घोषणा गर्ने क्रम सुरु भएको छ । प्रदेश सभापतिमा उम्मेद्वारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् ।

हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका अर्जुन जोशीले उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गरी नसके पनि कास्कीकै पौडेल पक्षका यज्ञबहादुर थापा प्रदेश सभापतिका आकांक्षी रहेको बताइएको छ ।

आकांक्षीमध्ये उम्मेद्वारी घोषणा गरेका शर्मा हालसम्मका बलिया उम्मेद्वार मानिन्छन् । उनी कास्की कांग्रेसमा १७ वर्षसम्म सभापति बनिसकेका छन् । २०२६ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी हाल ७५ वर्षको पुगेका छन् ।

यसअघि उनी रामचन्द्र पौडेल पक्षको रुपमा चिनिएका थिए । । यद्यपी उनी सबै नेताको आफूलाई आशिर्वाद रहेको दाबी गर्छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका शर्माले आफूले कांग्रेसको नेतृत्व गर्न पाएमा पार्टी बलियो बनाउने बताएका छन् ।

त्यस्तै कास्कीबाट नै उम्मेद्वारी घोषणा गरेका देवराज चालिसे पनि पौडेल समूहको नै छन् । उनले विद्यार्थी कालदेखि राजनीति सुरु गरेका थिए भने उनी बौद्धिक नेताका रुपमा परिचित छन् । तर उनी सांगठनिक रुपमा अहिलेसम्म पार्टीको जिम्मेवारी नलिएका नेतामा पर्दछन् ।

उनी गत प्रतिनिधिसभाको चुनावमा कास्की २ बाट उम्मेद्वार बनेपनि पराजित भएका थिए । सभापतिको उम्मेदवार घोषणा गर्दै पार्टीलाई स्वतन्त्ररुपमा अघि बढाउन र गण्डकी प्रदेशमा कांग्रेसलाई बलियो बनाउन आफूले उम्मेदवारी दिएको बताएका छन् ।

त्यस्तै तनहुँबाट उम्मेद्वारी घोषणा गरेका नेता रघुनाथ पौडेल पनि रामचन्द्र पौडेल पक्षधर छन् । तनहुँका पूराना नेता पौडेलले पनि तनहुँ सभापतिमा ३ कार्यकाल नेतृत्व गरिसकेका छन् ।

उनले आफूलाई वरिष्ठ नेता पौडेलसहित सशांक कोइराला लगायतको आशिर्वाद रहेको बताएका छन् । नेता पौडेलले कांग्रेस नेतृत्व वर्गले उचित भूमिका ननिभाएका कारण पार्टी खुम्चिँदै गएको बताए ।

प्रदेश सभापतिमा पर्वतका अर्जुनकुमार जोशीले पनि गण्डकी प्रदेश सभापतिमा उम्मेदवारी दिएका छन् । उनीसँग कांग्रेसका केन्द्रीय सदस्यसँगै पर्वतको तीन पटक पार्टी सभापति भएर काम गरेको अनुभव छ । उनले देउवा पक्षबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

गण्डकी प्रदेश संगठन बलियो बनाउन, कांग्रेसको पहिचन राख्न सक्ने उम्मेदवार बन्न साथीहरुले आग्रह गरेकाले अगाडी बढेको उनको भनाइ छ । कांग्रेसका नेताहरुको उम्मेदवार छनोट र निर्वाचन आफ्नो पक्षमा पार्ने भन्दा बलियो कांग्रेस बनाउन पूर्व सभामुख तारानाथ रानाभाटले नेतृत्वलाई सुझाव दिएका छन् ।

उनले कांग्रेस बलियो भए मात्रै देश बलियो हुने भन्दै जनताको सुरक्षाका लागि कांग्रेसलाई बलियो बनाउन आवश्यक रहेको बताएका छन् ।
कांग्रेस गण्डकी प्रदेश समितिका लागि ११ जिल्लाका महाधिवेसन र प्रदेश प्रतिनिधी गरी करिव २ हजार जनाले मतदान गर्ने छन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top