एमाले महाधिवेशनको सन्देश के हो ? के भन्छन् निर्वाचितहरु ?

१४ मंसिर ७८, बुधबार

१५ मंसिर, विराटनगर ।
नेकपा एमालेका नेताहरुले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन ।

नेकपा एमालेका नवनिर्वाचित सचिवद्धय योगेशकुमार भट्टराई, पदमा अर्याल र केन्द्रिय सदस्य महेश बस्नेतले पार्टीको दशौं महाधिवेशनले मुलुकको समस्या समाधान गर्नका लागि मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका हुन् ।

मंगलबार राति चितवनको सौराहामा नवनिर्वाचित केन्द्रिय कमिटीको पहिलो बैठक सम्पन्न भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित सचिव भट्टराईले मुलुकमा विद्यमान राष्ट्रिय मुद्धालाई राष्ट्र र जनताको हितमा समाधान गर्नेगरी आफ्नो पार्टीले मुलुकमा नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने सन्देश सो महाधिवेशनले दिएको बताए ।

उनले नेकपा एमालेप्रति जनताको अभूतपूर्व आशा, भरोसा र समर्थन रहेको सन्देश पनि महाधिवेशनले दिएको बताए । सचिव भट्टराईले भने, ‘महाधिवेशनको सन्देश नेपाली जनताको बीचमा नेकपा एमाले लोकप्रिय छ ।

नेकपा एमालेप्रति जनताको विश्वास, भरोसा र समर्थन अभूतपूर्व छ । नेकपा एमाले नै यो मुलुकको राष्ट्रिय राजनीतिको मुलुकलाई सही दिशामा नेतृत्व गर्न सक्ने राजनीतिक दल हो । र छिटोभन्दा छिटो नेकपा एमालेको नेतृत्वमा नयाँ म्यान्डेट प्राप्त गर्दै नयाँ सरकार निर्माण गर्नुपर्छ ।

र पार्टीलाई अझै सुदृढ र एकतावद्ध बनाउँदै जानुपर्छ । र आजको जतिपनि राष्ट्रिय मुद्धाहरु छन । ती राष्ट्रिय मुद्धालाई मुलुक र जनताको हितमा समाधान गर्नेगरी नेकपा एमालेले यो देशमा नेतृत्वदायी भूमिकाम खेल्नुपर्छ भन्ने म्यान्डेट अथवा सन्देश यो महाधिवेशनले दिन्छ ।’

सपनालाई विपनामा परिणत गर्ने शक्ति एमालेसँग मात्रै

एमालेकी अर्का सचिव पदमा अर्यालले नेपाली जनताका सपनालाई विपनामा परिणत गर्ने शक्ति आफ्नो पार्टी मात्रै भएको सन्देश महाधिवेशनले दिएको बताइन ।

उनले त्यसका लागि नयाँ संकल्प र पार्टी भित्रको नयाँ एकताका साथ अघि बढनुपर्ने सन्देश पनि महाधिवेशनले प्रवाह गरेको दावी गरिन् । सचिव अर्यालले भनिन् , ‘नेकपा एमाले राष्ट्र र जनताप्रति समर्पित हुँदै नयाँ संकल्पका साथ, नयाँ एकताका साथ जतिपनि समस्याहरु छन ।

नेपाली जनताको जतिपनि सपनाहरु छन । ती सपनालाई विपनामा परिणत गर्नका लागि आजको दिनदेखि उद्घोष ग¥र्यो है भन्ने सन्देश जनतामा पुग्ने गरी सन्देश प्रवाह गर्न यो महाधिवेशन समक्ष भएको छ ।’

समृद्ध नेपालः सुःखी नेपालीको अभियानलाई अघि बढाउने जिम्मेवारी

नवनिर्वाचित केन्द्रिय सदस्य महेश बस्नेतले पनि यो महाधिवेशनले मुलुकको नेतृत्व लिने जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको सन्देश दिएको बताए ।

उनले केपी ओलीले अघि सारेको समृद्ध नेपालः सुःखी नेपालीको अभियानलाई अघि बढाउने जिम्मेवारी समेत एमालेको रहेको म्यान्डेट महाधिवेशनबाट प्राप्त भएको दावी गरे ।

नेता बस्नेतले मुलुकको नेतृत्व गर्न केपी ओली सक्षम भएको र त्यसैलाई अनुमोदन गर्न महाधिवेशनको उद्घाटन सत्रमा लाखौं जनता सहभागी भएको दावी समेत गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top