विद्यालय अनुगमनमा पुगे शिक्षा मन्त्री देवेन्द्र पौडेल

१४ मंसिर ७८, बुधबार

१५ मंसिर, काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालय अनुगमनको काम सुरु गरेका छन् ।

Advertisement

मन्त्री पौडेलले बुधबार काठमाडौंको जमलस्थित दरबार हाई स्कुलको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा उहाँले कक्षा कोठामा भईरहेको शिक्षण सिकाईका बारेमा शिक्षक र विद्यार्थीहरुसँग अन्तरक्रिया गरे ।

मन्त्री पौडेलले सार्वजनिक शिक्षाको सुधारका लागि आफूले ती विद्यालयहरुको अनुगमनको काम सुरु गरेको जानकारी दिए । उनले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीचको बलियो सहकार्यका लागि पनि विशेष ध्यान दिएको बताए ।

Advertisement

मन्त्री पौडेलले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षण सिकाई प्रक्रियामा सुधार ल्याउन कडा मिहिनेत गर्न पनि शिक्षकहरुलाई आग्रह गरे । उनले भने, ‘सार्वजनिक शिक्षालाई अलि तीव्र गतिमा सुधार गर्ने, शिक्षण सिकाई र शिक्षण सिकाईसँग सम्बन्धित आवश्यक्ता अनुसार परिमार्जन गरेर अघि बढने गरी हामी हामी अगाडि बढछौं ।

र हामीले शिक्षण प्रक्रियासँग सम्बन्धित कतिपय कमीकमजोरलाई सच्याएर त्यसको तुरुन्त अनुगमन गर्ने, शिक्षण सिकाईसँग सम्बन्धित प्रविधिहरु छ कि छैन ? सिकाईको प्रक्रिया के छ ? शिक्षक, अभिभावक र विद्यार्थीबीचको तादम्यता मिल्दोजुल्दो छ कि छैन ? यी कुराहरुलाई दृढतापूर्वक अघि बढाउन हामीले ध्यान दिएका छौं ।’

Advertisement

शिक्षक दरबन्दी कम भएको संस्कृत विद्यालयको गुनासो

त्यस अवसरमा संस्कृत माध्यामिक विद्यालयका प्रधानाध्यापक शिवराज अधिकारीले शिक्षक दरबन्दी कम भएको जानकारी गराउँदै त्यसको व्यवस्था मिलाउन मन्त्री पौडेलको ध्यानाकर्षण गराए ।

सो क्रममा मन्त्री पौडेलले सरकारले सार्वजनिक शिक्षाको सुधारका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top