नेपालमा जति पार्टी कम भए त्यति राम्रोः प्रधानमन्त्री देउवा

१४ मंसिर ७८, बुधबार

१५ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा जति राजनीतिक दलहरू थोरै भए त्यति राम्रो हुने बताएका छन् ।

Advertisement

राप्रपाको बुधबार सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले भने, एउटै विचार भएकाको एउटा पार्टी बन्नु राम्रो हो । नेपालमा पार्टी जति कम हुन्छन् त्यति राम्रो हो ।

देउवाले मुलुकका राजनीतिक दलहरू महाधिवेशनमा व्यस्त भएको बताए । एमालेको महाधिवेशन भर्खरै सकिएको र कांग्रेसको महाधिवेशन आउँदै गरेको उल्लेख गर्दै देउवाले भने, सबै राजनीतिक दल महाधिवेशन गरिरहेका छन्, अहिले पार्टी महाधिवेशनको मेलाजस्तो छ ।

Advertisement

देउवाले राष्ट्रियताका सवालमा सबै दल मिलेर अघि बढ्नु पर्ने पनि बताएका छन् । ‘हाम्रा विचार फरक छन्, त्यही भएर पार्टी पनि फरक छन्,’ उनले भने, ‘राष्ट्रिय हितका विषयमा हामी मिलेर अघि बढ्नुपर्छ, त्यो जरुरी छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top