प्रतिगमनको पछि नलाग्न माधव नेपालको राप्रपालाई सुझाव

१४ मंसिर ७८, बुधबार

१५ मंसिर, काठमाडौं ।
सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन् ।

अध्यक्ष नेपालले राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई उठाई राख्न र नेपाली जनताको भावना बमोजिम परिवर्तनको संवाहक शक्तिको रुपमा अघि बढन पनि सुझाव दिए ।

राजसंस्था र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाको बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनमा बोल्दै उनले नेपालमा जातिय सद्भाव र राष्ट्रिय एकताको भावना रहेको औंल्याउँदै सोही अनुसार अघि बढेर मुलुकलाई प्रतिगमनतर्फ जान नदिन सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढनुपर्ने बताए ।

अध्यक्ष नेपालले इतिहास पछाडि नजाने भन्दै अग्रगमनको बाटोबाट अघि बढन पनि राप्रपाको नेतृत्वलाई सचेत गराए ।

अगाडि बढिसक्यो इतिहास, इतिहास पछाडि जाँदैन

उनले भने, ‘राप्रपाले उठाएको राष्ट्रियताको झण्डालाई अवश्य पनि उठाई राख्नोस् । तर राष्ट्रियता नेपाली जनताको जुन भावना हो । त्यो भावनालाई ठिक ढंगले आत्मासात गरेर परिवर्तनको संवाहक पनि भएर अघि बढनोस् ।

परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौं । अगाडि बढिसक्यो इतिहास । इतिहास पछाडि जाँदैन अव । तर हाम्रो देशको आफ्नै विशेषता छ । हामीले हाम्रो देशको आफ्नो विशेषतालाई विर्सियौ भने प्रत्येक व्यक्तिको आफ्नो विशेषता हुन्छ ।

प्रत्येक देशको आफ्नो विशेषता हुन्छ । हो यो विशेषतालाई बिर्सियौं भने र अरुको नक्कल गर्न थाल्यो भने पनि त्यसले पनि बिग्रिन्छ । त्यसो हुनाले नेपाली जनताको चाहना र भावना के छ ? यस अर्थमा मैले भन्ने गरेको छु– नेपालमा तीन वटा चिज महत्वपूर्ण छन ।

नेपाल दुईटा धर्मको उद्गम थलो भएको छ । हिन्दु धर्म र बुद्ध धर्म । र नेपाल सर्वोच्च शिखर सगरमाथाको देश पनि भएको छ । यसप्रति हामीले गौरवबोध गर्नु पर्दछ । र संसारमा बताउनु पर्दछ–कि नेपाल एउटा यस्तो देश, जहाँ जातीय द्वन्द्व छैन । धार्मिक द्वन्द्व छैन ।

यो देशमा नेपालको आफ्नो किसिमको जुन स्थिति विद्यमान छ । राष्ट्रिय एकताको जुन भावना छ, जातीय सदभावको भावना छ । त्यसलाई दह्रो बनाउने काम गरौं । कहीँ अनुचित कुरा छन, त्यसलाई हटाऔं । र सबैको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्दै अग्रगमनको बाटोमा अघि बढौं ।

प्रतिगमनतर्फ कोही नलागौं ।’ अध्यक्ष नेपालले वैदेशिक हस्तक्षेपबाट मुलुकलाई जोगाउन नेपालका राजनीतिक दलहरु अहिले पनि सचेत भएर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top