राप्रपा महाधिवेशन: राती १० बजेसम्म मतदान, १२ बजेभित्र मतपरिणाम घोषणा

१८ मंसिर, काठमाडाैँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि शनिबार (आज) मतदान भईरहेको हो ।

मतदान बिहान ८ बजेबाट सुरु हुने भनिएको भएपनि करिव १२ बजेबाट सुरु भएको छ । मतदाताको संख्या धेरै भएको र त्यसलाई चुस्त ढंगले मतदान गराउने व्यवस्था गर्न मतदान कार्य केही ढिला हुन गएको केन्द्रिय निर्वाचन समितिमा सदस्य राजु बस्नेतले जानकारी दिए । उनले मतदान छिटो सम्पन्न गर्न ८६ वटा विद्युतीय मतदान मेसिन र अध्यक्ष पदका उम्मेदवारको हकमा मत–पत्रको पनि व्यवस्था गरिएको बताए । निर्वाचन समितिका अनुसार मतदान बेलुका १० बजेसम्म चल्नेछ । त्यसपछि दुई घण्टा भित्र मतपरिणाम घोषणा हुनेगरी मतगणनाको कामलाई अघि बढाउने निर्वाचन समितिको तयारी छ ।

राप्रपाको अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी परेको छ । अध्यक्ष थापाले आफ्नो जीत सुनिश्चित भएको प्रतिक्रिया दिए । उनले पार्टी भित्र नेतृत्वका लागि भएको प्रतिस्पर्धाले पार्टीलाई झनै सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

अर्का अध्यक्षका प्रत्यासी लिङ्देनले पार्टीको एजेन्डालाई जनताको बीचमा लैजाने काममा विगतका नेतृत्वले कमजोरी गरेकाले त्यसलाई सच्याउन आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले महाधिवेशनबाट पार्टीमा फुट आउने अवस्था अन्त्य भएर जाने दावी समेत गरे ।

महाधिवेशनका ४ हजार ३८० प्रतिनिधिहरुले नयाँ नेतृत्व चयनका लागि मतदानमा भाग लिईरहेका छन । १४१ जना केन्द्रिय सदस्यका लागि २७० जनाको उम्मेदवारी परेको छ । राप्रपाको १ सय ९९ कार्य समितिमध्ये अध्यक्षसहित १४९ सदस्य निर्वाचित हुनेछन भने बाँकि ५० जना अध्यक्षले मनोनित गर्ने वैधानिक व्यवस्था छ । ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । पदाधिकारीमा एक महिलासहित ४ उपाध्यक्षका लागि ८ जना र एक महिलासहित ३ महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा रहेका केन्द्रिय निर्वाचन समितिले जनाएको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top