आउँदो निर्वाचनमा चितवन कुरुक्षेत्र बन्दै छ : प्रचण्ड

१८ मंसिर, चितवन।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आउँदो निर्वाचनमा चितवन कुरुक्षेत्र बन्न लागेको बताएका छन् । शनिबार चितवनको भरतपुरमा प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्ताे बताएका हुन् ।

आगामी निर्वाचनलाई इंगित गर्दै प्रचण्डले भने, ‘चितवन कुरुक्षेत्र बन्दै छ । म भएकाले कसैले माया गरेर, कसैले रिस गरेर चितवनमा नजर लगाएका छन् ।’

आफूले पनि चितवनको विकासमा ध्यान दिएको उनको भनाइ थियो । त्यसैले सबैको महाधिवेशन चितवनमा भइरहेको उनको जिकिर थियो । गत साता चितवनमा सम्पन्न नेकपा (एमाले) को महाधिवेशनलाई भने उनले असफल भएको बताए । मान्छेको भीडभाड गर्दैमा महाधिवेशन सफल नहुने उनको भनाइ थियो । महाधिवेशनले नयाँ विचार दिनुपर्ने प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले प्रतिगमनको खतरा जारी रहेकाले ‘रिल्याक्स’ गर्ने ठाउँमा अझै आइनपुगेको बताएका छन् । उनले क्रान्तिको रक्षा गर्न सजग भएर लाग्नुपर्ने धारणा राखे । उनले भने, ‘प्रतिगमनकारी कदम असफल भए प्रतिगामी खतराको अन्त्य भएको छैन ।’

उनले शान्तिपूर्ण ढंगले प्रतिक्रान्ति र प्रतिगमन रोक्न लागेको दाबी गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top