गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्राधिकरण जुटिरहेको छ: कुलमान

१८ मंसिर, वीरगन्ज ।

Advertisement

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्राधिकरण जुटिरहेको बताएका छन् ।

उहाँले आवश्यक पूर्वाधार निर्माण गरी ट्रान्समिसन लाइन, ३३ केभिए लाई १३२ केभिएमा परिवर्तन गर्ने र विद्युतको माग भए बमोजिम विद्युत् सप्लाई गर्ने अभियानमा प्राधिकरण जुटेको बताए ।

Advertisement

वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले मुलुकमा ६० प्रतिशत विद्युत् आपूर्तिलाई ९० प्रतिशतमा पुर्‍याइएको बताए ।

उहाँले नेपालमा अहिले पनि कतिपय ठाउँमा २४ सै घण्टा लोडसेडिङ हुने गरेको र सो स्थानमा नियमित रुपमा विद्युत् आपूर्ति गर्ने प्राधिकरणको अबको नयाँ चुनौती रहेको बताए।

Advertisement

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा.सुबोधकुमार गुप्ताले नेपालमा विद्युतको प्रति युनिट मूल्य दक्षिण एसियाका अन्य मुलुकभन्दा बढी भएको, बताउँदै बर्सौँ पुराना विद्युत् पूर्वाधारलाई नयाँ र परिमार्जन गर्नुपर्ने माग गरे ।

कार्यक्रममा वीरगन्जका उद्योगी व्यवसायीहरूले विद्युतको उचित व्यवस्थापन र आपूर्तिलाई सहज बनाएर मुलुकका सामु विद्यमान कहालीलाग्दो व्यापार घाटालाई समेत न्यून गर्नुपर्ने तर्फ ध्यान दिन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top