काँग्रेस महाधिवेशन: प्रदेश २ बाहेक अन्यमा मतदान

१८ मंसिर, काठमाडौँ ।

नेपाली काँग्रेसको जारी प्रदेश अधिवेशनमा आज प्रदेश नं. २ बाहेक अन्य ६ प्रदेशमा नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ ।

गण्डकी प्रदेशमा मतगणना सुरु भइसकेको छ भने अन्य प्रदेशमा मतगणनाको तयारी भइरहेको नेपाली काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

गण्डकी प्रदेशमा १ हजार १ सय ६२ मतदाता रहेकामा १ हजार १ सय ४६ मत खसेको गण्डकी प्रदेश निर्वाचन समितिका संयोजक कृष्णबहादुर थापाले जानकारी दिए ।

यसैगरी नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश समितिका लागि भएको निर्वाचनमा १ हजार २६ मत मध्ये १ हजार ३ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

त्यहाँ अहिले बेलुकी ९ बजेदेखि मतगणनाको तयारी भएको सुदूरपश्चिम प्रदेश निर्वाचन समितिका संयोजक वीरबहादुर जेठाराले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा मतदान सम्पन्न भएको छ भने १ नं. प्रदेशमा मतदान सम्पन्न भई मतपेटिका पाटी कार्यालय पुर्‍याइएको छ । प्रदेश नं. १ को मतगणना भोलि बिहान ८ बजेदेखि सुरु हुने प्रदेश नं. १ निर्वाचन समितिका संयोजक भरतबहादुर थापाले बताए ।

बागमती र कर्णाली प्रदेशमा मतदान प्रक्रिया दिउँसो अबेर सुरु भएकाले ती दुवै ठाउँमा मतदान कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश नं. २ मा भने सर्लाही बाहेक अन्य जिल्लाको मतदाताको नामावली पठाउने काम भइरहेको छ । सर्लाहीमा भोलि सम्ममा क्षेत्रीय तथा प्रतिनिधि सभा क्षेत्र अधिवेशन सम्पन्न हुन सके त्यहाँको समेत समेटेर २ नं. प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने योजना रहेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए ।

नेपाली काँग्रेसको संशोधित विधान अनुसार पहिलो पटक गठन हुन लागेको प्रदेश समितिको नेतृत्वका लागि बागमती प्रदेश र कर्णाली प्रदेशमा ३–३ जनाको उम्मेदवारी परेको छ भने अन्य प्रदेशहरूमा २–२ जना उम्मेदवारबिच प्रतिस्पर्धा भइरहेको छ ।

नेपाली काँग्रेस बागमती प्रदेश निर्वाचन समितिका संयोजक केशव काफ्लेका अनुसार बागमती प्रदेश सभापतिका लागि इन्द्रबहादुर बानियाँ, जगदीश्वर नरसिंह केसी र भीमसेनदास प्रधानबिच प्रतिस्पर्धा भइरहेको छ ।

यसैगरी कर्णाली प्रदेश सभापतिका लागि ललितजङ्ग शाही, भुपेन्द्रजङ्ग शाही र मोतीराज बमको उम्मेदवारी परेको छ भने प्रदेश नं. १ मा गुरुराज घिमिरे र उद्धव थापा, गण्डकी प्रदेशमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशी, लुम्बिनी प्रदेशमा भरतकुमार शाह र अमरसिंह पुन तथा सुदूर पश्चिम प्रदेशमा नारायणदत्त मिश्र र वीरबहादुर बलायर बिच प्रतिस्पर्धा भइरहेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top