सुन तस्करीमा सघाएको आरोपमा विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ

१९ मंसिर, काठमाडौं।

Advertisement

सुन तस्करीमा सहयोग गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक प्रहरी जवान पक्राउ परेका छन्।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईका अनुसार पक्राउ पर्नेमा लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत रहेका प्रहरी जवान राजेन्द्र केसी रहेका छन् ।

Advertisement

विदेशबाट फर्कंदा काँचो सुनलाई भन्सार छल्न गहना आकारको बनाएर ल्याउन थालेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचमा कडाइ गरेको थियो। कडाइ भएपछि सुन पास गराउन सहयोगी भूमिका जवान केसीले गरेको पाइएपछि पक्राउ गरिएको भट्टराईले बताए।

विदेशबाट आएका यात्रुको सुनसमेत जवान केसीले बोकेको सीसी टीभी फुटेजमा देखिएको भन्सार कार्यालयले जनाएको छ। उनलाई शनिबार पक्राउ गरिएको हो।

Advertisement

सुन ल्याउने यात्रु र जवान केसी दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान गरिएको विमानस्थलका डीआईजी राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top