यमनको राजधानीमा साउदी अरेबियाको सेनाद्धारा हवाई आक्रमण

१९ मंसिर ७८, आइतबार
Share this
734shares

१९ मंसिर, साना ।

Advertisement

साउदी अरेबियाली सेनाको नेतृत्वमा रहेको सैन्य समूहले शनिबार राति यमनको राजधानी सानामा हमला गरेको छ। राजधानी सानामा यहाँका हुथी विद्रोहीहरुले कब्जामा लिएका केही स्थान फिर्ता गर्न सो हमला भएको हो ।

सो हवाई हमलाबाट यमनी राजधानी सानामा हुथीहरुले सञ्चालन गर्दै आएका तीन ओटा क्याम्प नियन्त्रणमा लिइएको छ। ती क्याम्पमा रहेका केही खाद्य भण्डारण पनि सो सेनाले ध्वस्त पारिदिएको बताएको छ। अल अनाबमा रहेका ती खाद्य भण्डारणहरु सेनाले कब्जामा लिएको छ ।

Advertisement

यहाँका हुथी विद्रोहीहरुले उक्त क्षेत्रमा क्याम्प सञ्चालन गरेका छन् भने उनीहरुले केही स्थान आफ्नो कब्जामा पनि लिएका छन्। शुक्रबार मात्र पनि यमनको उत्तरपश्चिमी प्रान्त सादामा सो सेनाले कारबाही गरेको थियो। कारबाहीका क्रममा केही हुथी विद्रोहीहरु मारिएका बताइएको थियो ।

साउदी नेतृत्वको सेनाले सो सादा क्षेत्रमा विगतदेखि नै कारबाही गर्दै आएको छ। उता केही दिन यतादेखि यमनको मारिब शहरमा पनि सायदी सेनाले लगातार हवाई आक्रमण पनि गर्दै आएको छ ।

Advertisement

रासस/सिन्ह्वा

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top