राप्रपाकाे नयाँ कार्यसमितिको सपथमा गएनन् कमल थापा

Share this
744shares

१९ मंसिर, काठमाडौं ।

Advertisement

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनबाट निर्वाचित भएका अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम प्रज्ञा प्रतिष्ठानको भवनमा जारी छ।

आइतबार आएको मतपरिणाम अनुसार कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएका छन्। निर्वाचनमा खसेको मतमध्ये लिङ्देनले १८ सय १७ मत पाएका थिए भने थापाले १६१७ मत पाएका थिए। ४३१ मत भने बदर भएको थियो।

Advertisement

प्रमाणपत्र वितरण र शपथ ग्रहण कार्यक्रममा थापा उपस्थित भएका छैनन्। पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनी भने उपस्थित छन्। महाधिवेशनमा जबराले थापालाई र लोहनीले लिङ्देनलाई समर्थन गरेका थिए।

पराजित भए लगत्तै थापाले पूर्वराजा ज्ञानेन्द्रलाई दोषारोषण गरेका थिए। उनले निर्मल निवासले नाङ्‍गो हस्तक्षप गरेको भन्दै २०६३ सालदेखि राजसंस्था बोकेको पुरस्कार पाएको बताएका थिए।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top