×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

स्वास्थ्यमन्त्रीले भने- दुई खोप लगाउनेले बुस्टर खोप लगाउनु

१९ मंसिर २०७८

१९ मंसिर, काठमाडाैँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले कोरोनाबिरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको आईतवार सिंहदरवारमा बसेको बैठकमा मन्त्री खतिवडाले कोरोना बिरुद्धको दुई डोज लगाइसकेका नागरिकहरुलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् ।

Advertisement
Advertisement

उनले कोरोनाबिरुद्धको नयाँ प्रकार ओमिक्रोन आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको बताउँदै विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको बताए । उनले प्रतिरोधात्मक क्षमता कम भएकाहरुले ३ देखि ६ महिनाभित्रमा तेस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाउने गरी सरकार प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको बताए ।

मन्त्री खतिवडाले भने, ‘बोस्टर डोजसँग गाँसिएका कुराहरु आए । यसको नाम बोस्टर भनिए पनि जे भनिए पनि यो तेस्रो डोजको नाम बोस्टर डोज भनियो । ओमिक्रोन आएपछि यसको चर्चा अलि बढी हुन थाल्यो र समाजमा के कुरा गएको छ भन्दा तेस्रो डोज लियो भने अझ सुरक्षित छ भन्ने छ । प्रतिरोधात्मक क्षमता कम भएकाहरुले तीनदेखि ६ महिनाभित्र लगाउँदा राम्रो भन्ने विश्व स्वास्थ्य संगठनको निर्देशन छ । सरकारी संयन्त्रलाई मिलाएर बोस्टर डोज दिने भन्ने कुरा मन्त्रीपरिषद्को बैठकमा प्रदेश हुँदै जिल्ला तहसम्म दिने भइसकेको छ ।’

ओमिक्रोनबाट बच्न १० देशलाई प्रतिबन्ध
मन्त्री खतिवडाले कोरोनाबिरुद्धको नयाँ प्रकार ओमिक्रोनबाट बच्न सरकारले हालसम्म लगभग १० वटा देशलाई प्रतिबन्ध लगाएको बताए । उनले अन्य देशबाट आउने नागरिकहरुलाई पनि क्वारेन्टाइनमा राखिने र उनीहरुको पीसीआर परीक्षण गरेर मात्रै घर जान दिने बताए ।

खोपका झोला बोकेर गाउँ गाउँ जानु
मन्त्री खतिवडाले खोपका झोला बोकेर गाउँ गाउँमा गई कोरोनाबिरुद्धको खोप लगाउन सहयोग गर्न पनि सञ्चारमाध्यम, राजनीतिक दलहरुलाई आग्रह गरे । मन्त्री खतिवडाले भने, ‘ओमिक्रोनको हकमा अहिलेसम्म ८÷१० वटा देशलाई हामीले प्रतिबन्ध लगाएका छौँ । अन्य देशहरुबाट आउने नागरिकहरुलाई पनि क्वारेन्टाइन्मा राख्ने कुरा गरेका छौँ । कोराना भन्दा केही फरक भाइरस देखिए त्यसलाई जाच्ने प्रवन्ध हामीसँग छ र गरिरहेका छौँ । एउटा अनुरोध मिडियाका साथी, राजनीतिक दलहरुलाई हामीले भोट माग्नको लागि नमस्कार गरेर घर गएजस्तै त्यही मिहेनत कोरोना खोपका लागि गरिदिनुहोस् भन्न चाहन्छु । खोप र दुई जना सुई लगाउन जाने स्वास्थ्यकर्मीहरुलाई खोपका झोला, २००, ५००, ८००, १००० का झोला बोकेर जिल्ला जनस्वास्थ्य कार्यालयबाट लिएर गाउँ गाउँका केन्द्रहरुमा गएर भोट र पर्चा बाँड्न आएका थियौँ । यसपटक तपाईहरुको स्वास्थ्य उपचार गर्न आएका छौँ भनेर सबै दलहरु हिँडिदिनु होस् ।’

भेरियन्ट आएमा लकडाउन नगर्नु
बैठकमा समितिका सदस्य योगेश भट्टराईले नयाँ भेरियन्टबाट बच्न सतर्कता अपनाउनु पर्ने बताए । उनले कोरोनाको नयाँ भेरियन्ट आएमा लकडाउन बाहेकको विकल्प सोच्नुपर्ने बताउँदै सदस्य भट्टराईले भने, ‘कोरोनाको नयाँ भेरियन्टबाट बच्न नाकामा शतर्कता अपनाउनु पर्छ, लकडाउन भन्दा पनि अन्य विकल्प के हुनसक्छ, त्यसमा ध्यान दिन आवश्यक छ ।’

बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले कोरोना भाइरसको नयाँ भेरियन्ट नयाँ भएकोले विश्वले यसमा चासो दखाइरहेको भन्दै स्वास्थ्य सावधानी अपनाउन आग्रह गरे । उनले ओमिक्रोनको अध्ययन हुने क्रम जारी रहेकोले अध्ययनपछि यसबारेमा जानकारी गराउने बताए ।

त्यस्तै परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले विश्व स्वास्थ्य संगठनले गरेको एक सुक्ष्म अध्ययनमा ओमिक्रोन धेरै घातक नरहेको बताए । उनले यसको पूरा अध्ययन भइ नसकेकोले गर्दा नेपालमा भने विभिन्न १३ नाकाहरुमा सतर्कता अपनाउन आग्रह गरे ।

बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सदस्य जीवनराम श्रेष्ठले ओमिक्रोन विज्ञहरुको कुरा सुन्दा सामान्य लागेपनि संसारभर त्रासको वातावरण रहेको भन्दै सतर्कता अपनाउनु पर्ने बताए । उनले विगतमा पनि डराएर तयारी गर्न नसकेको बताउँदै यस पटक भने पूर्व तयारी गर्न आग्रह गरे । उनले समस्या आउनु अगावै रणनीतिक रुपमा काम गर्न सुझाव दिए ।

बैठकमा सदस्य खगराज अधिकारीले पोस्ट कोभिडमा नेपालको रिसर्च नपुगेको भन्दै अध्ययनको क्रम बढाउनु पर्ने बताए । उनले एन्टीबायोटिकको साइडइफेक्टको बारेमा अध्ययन गरेर मात्रै मन्त्रालय अगाडि बढेमा जनस्वास्थ्यप्रतिको दायित्व पूरा हुने बताए ।

बैठकमा कोडि १९ को नयाँ भेरियन्ट ओमिक्रोन र त्यसले जनस्वास्थ्यमा पु¥याउने असरबारे छलफल गरिएको थियो । बैठकमा उपस्थित सदस्य तथा विज्ञहरुले विश्व स्वास्थ्य संगठनले यस नयाँ प्रकारबारे अध्ययन गरिरहेको र छिमेकी देश भारतमा संक्रमित फेला परिसकेकोले नेपालका सीमानाकाहरुमा स्वास्थ्य सुरक्षा अपनाउन, कोरोना परीक्षण गर्न र खोप लगाएकाहरुको खोप कार्ड देखाएपछि मात्रै आवतजावत गर्न दिन मन्त्रालयलाई आग्रह गरेका थिए ।

विज्ञहरुले नेपालमा पनि यसको संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी नियमित हात धुन, मास्कको प्रयोग गर्न, सामाजिक दूरी कायम राख्न र भीडभाड नगर्न आग्रह गरेका छन् ।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top