माओवादी निकट प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा चयन

१९ मंसिर, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टरको अध्यक्षमा विष्णु सापकोटा ‘जगुल’ चयन भएका छन्। हिजोदेखि चितवनमा शुरु भएको संगठनको चौथो महाधिवेशनले सापकोटालाई निर्विरोध अध्यक्ष चयन गरेको हो।

सापकोटा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक हुन्। त्यस्तै महाधिवेशनको बन्दसत्रबाट १ सय ८४ केन्द्रीय सदस्यको नाम समेत घोषणा भएको छ। प्रेस सेन्टरको केन्द्रीय समिति १ सय ९९ जनाको हुने छ। बाँकी केन्द्रीय सदस्य मनोनय गरिनेछ ।

Advertisement

अरु पदाधिकारी पनि छलफलमै टुंग्याउने गरि छलफल चलिरहेको प्रेस सेन्टर नेपाल प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष वीरेन्द्र ओलीले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top