प्रदेश १ काँग्रेस सभापतिमा देउवा–सिटौला पक्षका थापा विजयी, दुई मतले हारे घिमिरे

Share this
703shares

२० मंसिर, काठमाडौं।

Advertisement

नेपाली कांग्रेसको प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा विजयी भएका छन्। संस्थापन इतर (पौडेल) पक्षका गुरुराज घिमिरेलाई २ मतले पराजित गर्दै थपा सभापतिमा विजयी भएका हुन्।

सोमबार बिहान घोषणा भएको मत परिणाम अनुसार सभापतिमा थापा ८४४ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८४२ मत प्राप्त गरे।

Advertisement

उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन्। महामन्त्रीमा भुपेन्द्र राई र उमेश थापा विजयी भएका छन्। महामन्त्री थापा भने संस्थापनइतर समूहबाट विजयी भएका हुन्।

त्यस्तै सह–महामन्त्री महिलामा प्रमिला गच्छदार विजयी भइन्। सह–महामन्त्रीमा खड्ग फागो र बिनोदकुमार बस्नेत विजयी भए। प्रदेश १ मा जम्मा १ हजार ७५२ मत खसेको थियो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top