ओमिक्रोनबाट बच्न नेपालमा बुस्टर खोप

२० मंसिर, काठमाडाैँ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन अहिले विश्वका करिब ४० देशमा फैलिएपछि विश्वव्यापी त्रास पैदा भएको छ भने कतिपय देशहरुले प्रतिबन्धात्मक नियमहरु लगाउँदै लकडाउन पनि गरिरहेका छन् । पहिलो र दोस्रो लहरमा ठूलो मानवीय क्षति भोगेको विश्व अमिक्रोनलाई तेस्रो र कतिपय देशका लागि चौथो लहर बन्न नदिन आवश्यक पूर्व तयारी र सावधानीमा जुटेका छन् ।

कोरोनाविरुद्ध विकास भएका खोपहरु नयाँ भेरियन्ट विरुद्ध कतिको प्रभावकारी छन् वा छैनन् भन्ने विषय अनुसन्धानकै क्रममा रहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । तथापि कतिपय देशरुले कोभिडविरुद्धको खोप लगाइसेकेका आफ्ना देशका नागरिकहरुलाई बुस्टर डोज दिन थालिसेकेका छन् । यो बीचमा नेपालको खुल्ला सीमा रहेको छिमेकी देश भारतमा पनि ओमिक्रोन पुष्टि भएपछि यसको त्रासका कारण नेपालमा पनि बुस्टर खोप दिने तयारीमा सरकार जुटेको छ ।

सरकारले यसअघि पूर्ण डोज खोप लगाएका नागरिकहरुका लागि बुस्टर डोजको व्यवस्था गर्ने तयारी गरेको छ । सरकारले कोरोना भाइरसको दुवै डोज खोप लगाएकालाई वुस्टर डोज खोप दिने तयारी भएको जनाएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले वुस्टर डोज खोप सबै नागरिकलाई दिने निर्णय भएको बताएका छन् ।

वुस्टर डोज खोप लगाउन आवश्यक पर्ने थप १ करोड ५० लाख डोज खोप ल्याउने तयारी भईरहेको मन्त्री खतिवडाले जानकारी दिएका छन् । उनले कोरोनाबिरुद्धको नयाँ प्रकार ओमिक्रोन आएसँगै तेस्रो डोज लगाउने कुराले चर्चा पाएको बताउँदै विश्व स्वास्थ्य संगठनले पनि तेस्रो डोज खोप लगाउन आग्रह गरेको बताए । उनले प्रतिरोधात्मक क्षमता कम भएकाहरुले ३ देखि ६ महिनाभित्रमा तेस्रो मात्राको खोप लगाउने व्यवस्था मिलाउने गरी सरकार प्रदेश र जिल्लागत तहमा व्यवस्थापनमा लागिरहेको बताए ।

मन्त्री खतिवडाले कोरोनाबिरुद्धको नयाँ प्रकार ओमिक्रोनबाट बच्न सरकारले हालसम्म लगभग १० वटा देशलाई प्रतिबन्ध लगाएको बताए । उनले अन्य देशबाट आउने नागरिकहरुलाई पनि क्वारेन्टाइनमा राखिने र उनीहरुको पीसीआर परीक्षण गरेर मात्रै घर जान दिने बताए । समितिमा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक लाल कर्णले वुस्टर जोड खोप दिने विषय अध्ययन कै क्रममा रहेको भन्दै भेरोसेल खोपको दुवै मात्रा पुरा गरेकालाई खोप लगाएको तीन महिना पछि वुस्टर डोज खोप लगाउन सकिने बताए । कोरोना भाइरसको नयाँ नयाँ म्युटेसन भईरहेका कारण हाल विश्वका केही देशहरुले वुस्टर डोज खोपको अभियान चलाएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top