महाधिवेशनले एमालेको जनाधार बलियो छ भन्ने पुष्टि गर्‍यो : सचिव भट्टराई

२० मंसिर, काठमाडाैँ।

 नेकपा (एमाले)का सचिव प्रमुख योगेश भट्टराईले चितवन १०औँ महाधिवेशनले पार्टीको जनाधार बलियो छ भन्ने पुष्टि गरेको बताएका छन् । एमाले महाधिवेशन प्रचार सहयोग समिति चितवनको आइतबार भएको समीक्षा बैठकमा बोल्दै सचिव भट्टराईले महाधिवेशनमा देशभरबाट उत्साहजनक सहभागिता भएको बताए ।

जनलहरले पार्टी विरुद्ध विपक्षीले अझै बलियो गठबन्धन बनाउन सक्ने भन्दै उनले त्यसका लागि पनि तयारी अवस्थामा रहेको बताए । उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी गतिविधि अघि बढाइने स्पष्ट पारे ।

उनले एमाले महाधिवेशन पार्टी एकताको निरन्तरता भएको भन्दै पूर्वमाओवादीका धेरै नेता कार्यकर्ता व्यवस्थापन भएको बताए । महाधिवेशनले एमालेको नेतृत्वमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियान र एमाले जबरजस्त जनताबीचमा छ भन्ने पुष्टि गरेको उनले बताए ।

नेता भट्टराईले चितवनले एमाले महाधिवेशन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएको र त्यसलाई सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यबाद दिए । महाधिवेशनकै कारण चितवनमा आन्तरिक पर्यटनको विकास भएको उनको भनाइ छ ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख सूर्य थापाले महाधिवेशनमा पार्टीको योजनाअनुरुप प्रचारप्रसारका गतिविधि भएको बताए । उनले पार्टीले महाधिवेशन लक्षित प्रकाशन गरेको बुलेटिन, भिडियो सामाग्री र सामाजिक सञ्जालको प्रयोग प्रभावकारी बनेको बताए । बैठकमा प्रचारप्रसार सहयोग समितिका संयोजक विजय सुवेदीले समितिका तर्फबाट भएका कामका बारेमा जानकारी गराएका थिए ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top